२१ आश्विन २०८१, सोमबार
,
Latest
विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीन संगको सीमा समस्या अध्ययन गर्न समिति गठन



अ+ अ-

काठमाडौ । नेपाल सरकारले उत्तरी सीमा क्षेत्रका सम्बन्धमा उठेका समस्या अध्ययन गरी नेपाल सरकारलाई प्रतिवेदन पेश गर्न समिति गठन गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले हुम्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमा क्षेत्रको सम्बन्धमा उठेका समस्या अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन गरेको हो ।

समितिको संयोजकमा गृह मन्त्रालयका सहसचिव र सदस्यमा नापी विभाग, नेपाल प्रहरी सशस्त्र प्रहरी बलका प्रतिनिधि र सीमा विज्ञ रहने कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

बैठकले स्वीस सरकारको सहयोगमा दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना दोस्रो चरण कार्यान्वयन गर्न प्राप्त हुने करिब रु एक अर्ब ९३ करोड अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । सरकारले मेवा र नलगाड सबस्टेशन निर्माणस्थलमा परेका स्थानीय व्यक्तिका जग्गाको क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृत दिएको छ । यस्तै माओवादी सेनाका घाइते अपाङ्ग लडाकु, सशस्त्र द्वन्द्व, ऐतिहासिक जनआन्दोलन र मधेश आन्दोलनका घाइते अपाङ्गका लागि पुनःस्थापना एवं हेरचाह ९दोस्रो संशोधन० निर्देशिका २०७८ स्वीकृत गरिएको छ । 

बैठकले आर्थिक वर्ष २०७८र७९ को बजेट वक्तव्यमार्फत ३३ प्रतिशतले वृद्धि भएको सामाजिक सुरक्षाभत्ता र मासिक भत्ता कायम गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । बैठकले नेपाल परराष्ट्र सेवा राजपत्राङ्कित द्वितीय श्रेणीका उपसचिव कृष्णचन्द्र अर्याल र धनबहादुर ओलीलाई प्रथम श्रेणीमा बढुवा गर्ने तथा राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव राजकुमार श्रेष्ठलाई विशिष्ठ श्रेणी सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

सरकारले युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी निर्देशक पदमा कास्कीका विश्वमोहन अधिकारीलाई र नेपाल मेडिकल काउन्सिलकोे रिक्त सदस्य पदमा मोरङका डा विक्रान्त ढकाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बैठकले खोटाङको मुडे व्यारेकमा तैनाथ श्री गोरखा गणका लागि आवश्यकपर्ने स्थानीय व्यक्तिको करिब २४ रोपनी जग्गा मुआब्जा दिने गरी प्राप्त गर्न स्वीकृत दिने र कोभिडविरुद्धको खोप क्लिनिकल ट्रायल गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिनुभयो ।

धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा ७ को उपदफा ७ बमोजिम बोर्डका अध्यक्षका सम्बन्धमा छानविन गरी प्रतिवेदन पेश गर्न उच्च अदालतका पूर्वन्यायाधिश अनन्तराज डुम्रेको अध्यक्षतामा विज्ञ सदस्य प्रा नारायणप्रसाद पौडेल र कानून आयोगका सहसचिव अर्जुनकुमार खड्का सदस्य रहेको जाँचबुझ समिति गठन गरिएको छ । यस्तै माउन्ट के २ आरोहण गर्ने दावा तेञ्जिङ शेर्पासमेतको नेपाली पर्वतारोहीलाई सरकारले प्रोत्साहनस्वरुप प्रतिआरोही रु एक लाख रकम उपलब्ध गराउने निर्णय गरेको छ ।