• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

नेपाल एयरलाइन्सबाट मुम्बई उड्न लागेका शंकास्पद व्यक्ति सुन व्यवसायी !



file

काठमाडौँ । मुम्बई प्रस्थान गर्न लागेको नेपाल एयरलाइन्सको जहाजबाट पक्राउ परेको व्यक्ति सुन व्यवसायी रहेको खुलेको छ ।

पक्राउ परेका व्यक्ति सन्तोष लामिछाने सुदूरपश्चिम प्रदेश सुनचाँदी व्यवसायी संघमा समेत आबद्ध रहेको पाईएको हो । उनीसँगै पक्राउ परेकी मीना लामिछाने र सन्तोष दुबैमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सुनचाँदी र उनीहरुले गर्ने अन्य कारोबारमाथि समेत शंका लागेपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको हो । कैलालीका लामिछानेमाथि यसअघि पनि उजुरी परेको प्रहरी स्रोतले जनाएको छ । लामिछानेमाथि ठगीको कसुरमा जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी परेको बताइएको छ ।