१२ भाद्र २०८३, शुक्रबार
,
Latest
नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुम्बई उड्न लागेको जहाजबाट २ जना शंकास्पद व्यक्ति सीआईबीको नियन्त्रणमा



file
अ+ अ-

काठमाडौँ । मुम्बई प्रस्थान गर्न लागेको नेपाल एयरलाइन्सको जहाजबाट २ जना शंकास्पद व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएका २ जना मुम्बई जाने तयारीमा थिए । श्रीमान् – श्रीमतीका रूपमा पहिचान खुलेका ती व्यक्ति कुनै आतंकवादी संगठनमा रहेको भन्ने सूचना कैलाली प्रहरीले सीआईबीलाई पठाएको थियो ।

बुधबार काठमाडौंबाट १ः१० मा मुम्बई उड्नुपर्ने नेपाल एयरलाइन्सको न्यारोबडी आरए ३२० जहाजमा आतंकवादी रहेको सूचना आएपछि सबै यात्रु ओरालेर जाँच गरिएको हो ।

ढोका बन्द भएर उडान भर्नै लाग्दा सीआईबीले अनुसन्धानका लागि जहाज रोकेको हो । जहाज उड्न कम्तीमा २ घण्टा लाग्ने र सबै यात्रुको जाँचपछि फेरि उनीहरूलाई जहाजमा चढाइने एयरलाइन्सले जानकारी दिएको छ । विमानमा १४१ यात्रु रहेको जनाइएको छ ।