२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मलेसियामा नेपाली श्रमिकको सुरक्षादेखि डिजिटल सेवासम्म खरेलका प्राथमिकता News Polar प्रस्तावित राजदुत डा. झाको योग्यता र कार्यक्षमतामाथि सत्तारुढ सांसदको प्रश्नै प्रश्न News Polar श्रीलंकासँग आर्थिक साझेदारी बलियो बनाउने राजदूत झाको प्रतिबद्धता News Polar तुलसीपुर प्रहरीका लागि ‘बडी बर्न’ क्यामेरा News Polar मतदातासूचीबाट तीन हजार ४७२ मतदाताको नाम हटाइयो News Polar वीरगन्जमा फरार प्रतिवादी प्रक्राउ News Polar कांग्रेस महाधिवेशन : आदिवासी जनजातितर्फको मतगणना सम्पन्न, बहादुर सिंह लामा तामाङ विजयी News Polar प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात News Polar राजदूत सुनारबारे प्रहरीको अभिलेखमा मिलापत्र, डिपोर्टबारे अध्यागमनसँग विवरण छैन News Polar दसैँअवधिभर काभ्रेमा टिपर सञ्चालनमा रोक News Polar ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु News Polar पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा देशभर १७ हजार ८२ व्यवसायी दर्ता News Polar चितवनमा नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar कांग्रेस खस आर्य महिला केन्द्रीय सदस्यमा भद्रा पराजुलीको अग्रता, जानुका पन्त दोस्रो News Polar भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै News Polar कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस News Polar छेपारे पहिरोको पीडाः ‘न बच्यो साहारा, न रह्यो बास’ News Polar भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा News Polar वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

चिडियाखानाका जनावरहरुलाई खद्यान्नको व्यवस्थापन गर्न धौ–धौ (भिडियो सहित)

चिडियाखानाका जनावरहरुलाई खद्यान्नको व्यवस्थापन गर्न धौ–धौ (भिडियो सहित)
अ अ+ अ-

काठमाडौ ।  कोरोना भाइरसको संक्रमणको जोखिमको कारण बन्द रहेको चिडियाखाना गत साउन १ गतेदेखि सञ्चालनमा आएको छ । तर महामारीका कारण मानिसहरु घुम्न ननिस्किनाले आर्थिक आम्दानी कम हुँदा चिडियाखानाका जनावरहरुलाई खद्यान्नको व्यवस्थापन गर्न धौ–धौ परेको छ । 

सञ्चालनको मुख्य आय टिकट बिक्रीबाट हुने गरेकोमा यो श्रोत नै बन्द भएपछि चिडियाखाना समस्यामा परेको हो । वार्षिक १४ करोड आम्दानी हुने गरेको चिडियाखानामा अहिले आधा जस्तो आम्दानी घटेको चिडियाखानाकी सूचना अधिकृत लिना चालिसेले बताउनुभयो ।

उहाँले २०१५ को शक्तिशाली भूकम्पपछि चिडियाखानामा भौतिक संरचनालाई ध्यान दिइएपनि कोरोनाका कारण आम्दानी बन्द भएपछि अहिले भौतिक संरचनाको काम शुन्य बराबर रहेको बताउनुभयो । उहाँले पहिलो लकडाउनमा कर्मचारीको आधा पारिश्रमीक काटेर पनि जनावरहरुलाई खानेकुराको जोहो गर्न सहयोग गरेको बताउनुभयो ।

सूचना अधिकृत चालिसेले भन्नुभयो, ‘हाम्रो आम्दानी आदि जस्तै घटेको छ, पहिलो लहरमा १० महिना बन्द गर्यौं । दोस्रो लहरमा साढे २ महिना बन्द गर्यौं । आर्थिक स्थिती खासै राम्रो छैन, तर यसलाई मितव्ययी तरिकाले चलाउन प्रयास गरिरहेका छौँ । हामीले २०१५ को भूकम्पपछि हामीले भौतिक पूर्वाधारमा धेरै जोड दिएका छौँ।  पर्खाल, संरचना, यसमा भूकम्प अर्को गयो भने पनि केही नोक्शान नहुने, ज्यानलाई खतरा नहोस्, किनभने यो एकदम संवेदनशील ठाउँ छ । हिंस्रक जनावरहरु छन् । त्यसमाथि पनि दर्शकहरुको भीड हुने गर्छ । तर पछिल्लो पटक भौतिक संरचना शुन्य बराबर छ, यो संवेदनशील स्थान भएकोले रिपेयरमेन्टेनेन्सहरुमा खर्च गर्छौं, हामीले गत सालको लकडाउनमा त कर्मचारीहरुको आधा स्यालरी काटेर विथआउट फ्यासालिटीमा काम गरेका हौँ, त्यसले कतिपय डेलिभरीका साथीहरुलाई गुमायौँ, पहिला ७५ जना कर्मचारी रहेकोमा अहिले ५६ जना मात्रै कर्मचारीले काम गरिरहेका छौँ ।’

उहाँले साउन १ गतेदेखि सर्वसाधारणका लागि सञ्चालन गरेपनि चिडियाखाना भित्र पूर्ण रुपमा विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले जारी गरेको स्वास्थ्यका मापदण्डहरु पालना गराइएको बताउनुभयो । उहाँले मानिसदेखि जनावर र जनावरबाट मानिसमा सर्ने रोगहरुलाई रोक्नको लागि अन्तर्राष्ट्रिय स्तरका चिडियाघरहरुमा पालना गरिएका र लागू गरिएका नियमहरु पालना गरेर मात्रै चिडियाघरमा सर्वसाधारणहरुलाई प्रवेश गराइएको जानकारी दिनुभयो ।

सूचना अधिकृत चालिसेका अनुसार चिडियाघरको टिकट काउन्टरमा हुने भीड कम गर्न ईसेवाबाटै टिकट काट्ने व्यवस्था मिलाएको र भित्र प्रवेश गराउँदा पनि चिडियाघरबाट बाहिरिनेको अनुपातमै प्रवेश गराउने गरेकोले भीड नियन्त्रण भएको छ । त्यस्तै अवलोकन गर्न पुगेकाहरुबाट जनावरहरुलाई कुनै रोग नसरोस् भन्ने हेतुले चिडियाघरलाई ४ भागमा बाँडेर हरेक भागमा ५÷५जना कर्मचारी खटाइएको र अवलोकन कर्ताले सामाजिक दूरी कायम गरेको छ÷छैन, जनावरलाई खानेकुरा दिएको÷नदिएको लगायतका कुराहरुमा ध्यान दिने गरेको सूचना अधिकृत चालिसेले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘दोस्रो लहरको कोभिड १९ को लहरपछि हामी साउन १ गतेदेखि सञ्चालनमा छौँ । पहिलो लकडाउनकै बेलामा १० महिना बन्द गर्यौं जूलाई यस क्रममा हामीलाई एउटा खालको प्रिपेरेशन तयारी गर्न सञ्चालनको लागि कार्यविधि नै बनायौँ । त्यो कार्यविधि बनाउँदा हामीलाई अन्तर्राष्ट्रिय जूहरुको अनुभवहरु साथै आफ्नै अनुभवले पनि धेरै नै गाइड गर्यो । यो अनुसार हामीले नेपाल गभर्मेण्टको साथै डब्ल्यूएचओको स्टाण्डर्डअनुसारको नम्सहरु जूमा पनि पालना गरेका छौँ । यसमा हामीले मास्क अनिवार्य सामाजिक दूरी कायम गर्ने, स्यानिटाइजरको प्रयोग गर्ने, जथाभावि थुक्न नपाइने नियमहरु लिएर आएका छौँ ।

मानिस र जनावर, जनावर मानिस डिजिज ट्रान्सफर हुने ठाउँ भएको हुनाले अलि संवेदनशील नै छ । यसमा सबै खालको स्वास्थ्य मापदण्ड र मानिसदेखि जनावर र जनावरदेखि मानिसमा सर्ने रोगहरुलाई रोक्नको लागि उपायहरु पनि अपनाएका छौँ, हामीले प्रवेश र बाहिरिने गेटमा सामाजिक दूरी कायम गरेका छौँ, भित्र पनि सामाजिक दूरी कायम भएको छ कि छैन, जीवजन्तुहरुलाई खानपान दिइएको छ कि छैन भनेर हेर्नको लागि स्टाफहरुलाई राउण्ड ड्यूटि हरेक सेक्शनमा खटाएका छौँ । जूलाई भिजिटरले अवलोकन गर्ने ठाउँलाई ४ भागमा बाँडेका छौँ । ४ भागमा ५÷५ जना कर्मचारीहरुले हेर्नुहुन्छ । ५० जना भिजिटर भित्र छिरेपछि एकछिन होल्ड गर्ने गरेका छौँ । बाहिरिनेको संख्या जत्तिकै फेरि भित्र पठाइन्छ । र भीड नियन्त्रणको कुरा गर्दा टिकट इसेवाबाटै काट्न सकिने व्यवस्था मिलाएका छौँ । त्यसले पनि सहयोग गरेको छ । अहिले दैनिक ५ सयको हाराहारीमा पनि भिजिटरहरु हुनुहुन्न ।’

कोरोना महामारीको यो बेलामा पनि जीवजन्तुहरुको खाद्यान्नमा भने चिडियाखानाले कुनै सम्झौता नगरेको बताउँदै उहाँले जनावहरुलाई अहिले पनि अन्तर्राष्ट्रिय स्तरकै खाद्यान्न दिइरहेको बताउनुभयो । उहाँले विगतमा वार्षिक रुपमा चिडियाखानाको राम्रो दिनहरुमा १४ करोडसम्मको आम्दानी हुने गरेको र त्यसमा जनावरलाई ख्वाउनका लागि लगभग ४ करोड खर्च हुने गरेको बताउनुभयो । तर अहिले वार्षिक रुपमा ८ करोडको हाराहारीमा पनि आम्दानी नभएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘कोरोना महामारीका बेलामा पनि जीवजन्तुहरुको खाद्यान्नमा भने चिडियाखानाले कुनै क्मपरमाइज गरेको छैन, अहिले पनि अन्तर्राष्ट्रिय स्तरकै फूडहरु ख्वाइरहेका छौँ, विगतमा राम्रा दिनहरुमा हाम्रो आम्दानी १४ करोडसम्म हुन्थ्यो, त्यसमा जनावरलाई ख्वाउनका लागि ४ करोड खर्च हुन्छ, वार्षिक रुपमा । तर अहिले भने ८ करोडको हाराहारीमा मात्रै आम्दानी हुने गरेको छ, यो भनेको चिडियाखानामा विगतका वर्षहरुको भन्दा आधा घटेको छ ।’

अहिले चिडियाखानामा ३६ जना सदस्यहरुले कुनै एक जनावरको अभिभावकत्व लिएर सहयोग गरिरहेको र यसरी सहयोग गरे चिडियाखानाका जनावहरुलाई खाद्यान्नको अभाव नहुने सूचना अधिकारी चालिसेले बताउनुभयो । चिडियाखाना स्तनधारी ३६ प्रजातीका २९९, सरिसृप १० प्रजातीका ४८, मत्स्य १५ प्रजातीका ४१, पंक्षी ५२ प्रजातीका ६०९ वटा गरी ११३ प्रजातीका ९९७ वटा वन्यजन्तु रहेका छन् ।