२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मलेसियामा नेपाली श्रमिकको सुरक्षादेखि डिजिटल सेवासम्म खरेलका प्राथमिकता News Polar प्रस्तावित राजदुत डा. झाको योग्यता र कार्यक्षमतामाथि सत्तारुढ सांसदको प्रश्नै प्रश्न News Polar श्रीलंकासँग आर्थिक साझेदारी बलियो बनाउने राजदूत झाको प्रतिबद्धता News Polar तुलसीपुर प्रहरीका लागि ‘बडी बर्न’ क्यामेरा News Polar मतदातासूचीबाट तीन हजार ४७२ मतदाताको नाम हटाइयो News Polar वीरगन्जमा फरार प्रतिवादी प्रक्राउ News Polar कांग्रेस महाधिवेशन : आदिवासी जनजातितर्फको मतगणना सम्पन्न, बहादुर सिंह लामा तामाङ विजयी News Polar प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात News Polar राजदूत सुनारबारे प्रहरीको अभिलेखमा मिलापत्र, डिपोर्टबारे अध्यागमनसँग विवरण छैन News Polar दसैँअवधिभर काभ्रेमा टिपर सञ्चालनमा रोक News Polar ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु News Polar पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा देशभर १७ हजार ८२ व्यवसायी दर्ता News Polar चितवनमा नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar कांग्रेस खस आर्य महिला केन्द्रीय सदस्यमा भद्रा पराजुलीको अग्रता, जानुका पन्त दोस्रो News Polar भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै News Polar कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस News Polar छेपारे पहिरोको पीडाः ‘न बच्यो साहारा, न रह्यो बास’ News Polar भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा News Polar वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

यहाँ पाईन्छ पेटभरी २० रुपैयामा खाना

यहाँ पाईन्छ पेटभरी २० रुपैयामा खाना
अ अ+ अ-

बाँके । भेरी अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित र अन्य रोगका बिरामी तथा कुरुवालाई रु २० मै खाना उपलब्ध भएपछि उनीहरूका आफन्तलाई राहत मिलेको छ । अस्पताल परिसरमै प्रतिछाक रु २० मा भरपेट खाना उपलब्ध भएपछि बिरामीका कुरुवालाई होटल खोज्दै हिँड्नुपर्ने समस्याको अन्त्य भएको छ । 

अस्पतालमा उपचारका लागि आउने बिरामी र कुरुवाका लागि श्री सुन्दरकाण्ड मित्र मण्डलले अञ्जनी माता रसोइका नामबाट साँझ, बिहान दुवै छाक भरपेट खाना खुवाउन शुरु गरेको हो । सुरुआती चरणमा बिहानको छाक मात्रै रु २० मा खुवाउँदै आएकामा कोरोनाका कारण दुःख पाएकालाई साँझको खाना पनि खुवाउन सुरु गरिएको सुन्दरकाण्ड मित्र मण्डलका संरक्षक विजय गुप्ताले बताउनुभयो ।

धार्मिक एवं मानवीय भावनाले साँझ, बिहान खानाको व्यवस्था गर्दै आएको सुन्दरकाण्ड मित्र मण्डलीद्वारा सञ्चालित अञ्जनी माता रसोइ घरलाई सहयोग गर्ने दाताको सङ्ख्या पनि बढ्दै गएको छ । बाँकेको रैथाने कुर्मी समुदायको संस्था ‘कुर्मी–बर्मा सहयोगी हात’ बाँकेद्वारा अञ्जनी माता रसोइ घरलाई खाद्यान्न सहयोग गरिएको छ । उक्त संस्थाले चामल पाँच क्विन्टल, दाल ५० किलो, पिठो ५० किलो, आलु एक क्विन्टल, तोरीको तेल १० लिटर, नून २० पोका, सख्खर ४० किलो र खानेपानी ५० पेटी गरी ६० हजार मूल्य बराबरको खाद्यान्न सहयोग गरेको छ । सेवाको निरन्तरताका लागि खाद्यान्न सहयोग गरिएको समाजका अगुवा तथा समाजसेवी केशवराम बर्माले बताउनुभयो ।

यसअघि अञ्जनी माता रसोइलाई कशौधन वैश्य समाज, कसौधन वैश्य समाज युवा मञ्च र महिला मञ्चले खाद्यान्न सहयोग पनि गरेको थियो । कसौधन वैश्य समाजका अध्यक्ष नन्दलाल वैश्यको अगुवाइमा रसोइका सञ्चालकलाई २५ बोरा चामल, दुई बोरा अरहरको दाल, दुई बोरा सोयाविन, दुई बोरा आयोडिन नून र एक बोरा आलु हस्तान्तरण गरिएको छ । नेपालगञ्जको कारकाँदो निवासी कपिल नेपालले पाँच बोरा चालम र एक बोरा दाल सहयोग गर्नुभएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले उक्त रसोइ घरलाई मासिक रु एक लाख उपलब्ध गराउँदै आएको छ ।