२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुम्बई उड्न लागेको जहाजबाट २ जना शंकास्पद व्यक्ति सीआईबीको नियन्त्रणमा



file
अ+ अ-

काठमाडौँ । मुम्बई प्रस्थान गर्न लागेको नेपाल एयरलाइन्सको जहाजबाट २ जना शंकास्पद व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएका २ जना मुम्बई जाने तयारीमा थिए । श्रीमान् – श्रीमतीका रूपमा पहिचान खुलेका ती व्यक्ति कुनै आतंकवादी संगठनमा रहेको भन्ने सूचना कैलाली प्रहरीले सीआईबीलाई पठाएको थियो ।

बुधबार काठमाडौंबाट १ः१० मा मुम्बई उड्नुपर्ने नेपाल एयरलाइन्सको न्यारोबडी आरए ३२० जहाजमा आतंकवादी रहेको सूचना आएपछि सबै यात्रु ओरालेर जाँच गरिएको हो ।

ढोका बन्द भएर उडान भर्नै लाग्दा सीआईबीले अनुसन्धानका लागि जहाज रोकेको हो । जहाज उड्न कम्तीमा २ घण्टा लाग्ने र सबै यात्रुको जाँचपछि फेरि उनीहरूलाई जहाजमा चढाइने एयरलाइन्सले जानकारी दिएको छ । विमानमा १४१ यात्रु रहेको जनाइएको छ ।