२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानवस्तीमा पसेको सप्तकोसीको बाढीमा फसेका परिवारलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गर्ने



अ+ अ-

काठमाडौँ । कोसीको श्रीलंका टापुमा फसेका बराहक्षेत्रका ५०० परिवारको उद्धार नेपाल प्रहरी र सशस्त्र प्रहरीले गर्ने भएको छ । उदयपुरको बेलका नगरपालिका–८ मा रहेको मानवबस्तीमा सप्तकोसी पसेपछि करिब दुई हजार घर परिवार विस्ताथिप भएको बताइएको छ । उनीहरुको उद्धारका लागि दुवै प्रहरीका छुट्टाछट्टै तीन वटा टोलीले विभिन्न स्थानबाट उद्धार गरिरहेको छ ।

दुई दिनदेखि परेको अविरल वर्षासँगै सप्तकोसीमा उच्च बहाव आएपछि कोसी नदी मानव बस्तीमा पस्न सुरु गरेको थियो । बिहानसम्म बस्तीमा सामान्य डुबान देखिएपनि दिउँसो बस्तीमा बाढी बढ्दै गएपछि बस्ती छाड्न नमानेका सबै गाउँले अहिले गाउँ नै छाड्न चाहेपछि उनीहरु उद्धारको पर्खाइमा थिए ।

यसैबीच सप्तकोसीको बाढी बस्तीमा पसेसँगै सुनसरीको बराहक्षेत्र नगरपालिकाका ५०० घर परिवारका करिब दुई हजार ५०० जना श्रीलंका टापुमा फसेको जनाइएको छ । उनीहरुको उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी सक्रिय रहेको जनाइएको छ ।