२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मलेसियामा नेपाली श्रमिकको सुरक्षादेखि डिजिटल सेवासम्म खरेलका प्राथमिकता News Polar प्रस्तावित राजदुत डा. झाको योग्यता र कार्यक्षमतामाथि सत्तारुढ सांसदको प्रश्नै प्रश्न News Polar श्रीलंकासँग आर्थिक साझेदारी बलियो बनाउने राजदूत झाको प्रतिबद्धता News Polar तुलसीपुर प्रहरीका लागि ‘बडी बर्न’ क्यामेरा News Polar मतदातासूचीबाट तीन हजार ४७२ मतदाताको नाम हटाइयो News Polar वीरगन्जमा फरार प्रतिवादी प्रक्राउ News Polar कांग्रेस महाधिवेशन : आदिवासी जनजातितर्फको मतगणना सम्पन्न, बहादुर सिंह लामा तामाङ विजयी News Polar प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात News Polar राजदूत सुनारबारे प्रहरीको अभिलेखमा मिलापत्र, डिपोर्टबारे अध्यागमनसँग विवरण छैन News Polar दसैँअवधिभर काभ्रेमा टिपर सञ्चालनमा रोक News Polar ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु News Polar पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा देशभर १७ हजार ८२ व्यवसायी दर्ता News Polar चितवनमा नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar कांग्रेस खस आर्य महिला केन्द्रीय सदस्यमा भद्रा पराजुलीको अग्रता, जानुका पन्त दोस्रो News Polar भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै News Polar कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस News Polar छेपारे पहिरोको पीडाः ‘न बच्यो साहारा, न रह्यो बास’ News Polar भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा News Polar वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

युवाहरुको प्रवेशले कांग्रेस थप सशक्त भयो : नेपाली पोखरेल

युवाहरुको प्रवेशले कांग्रेस थप सशक्त भयो : नेपाली पोखरेल
अ अ+ अ-

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली कांग्रेसमा प्रवेश गरेका पोखराका अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईसहित युवालाई शुभकामना दिएका छन् । बुधबार निवासमै आयोजित कार्यक्रममा मुख्यमन्त्री पोखरेलले बिपीको सिद्धान्तलाई आत्मसात गर्दै लोकतान्त्रिक समाजवादलाई संस्थागत गर्नु पर्ने बताए । 

मुलुकलाई समृद्धिको बाटोमा डोर्याउने दायित्व नेपाली कांग्रेसको रहेको भन्दै यसका लागि युवाहरु अग्रसर हुनुपर्ने उनको भनाइ थियो । लामो समयदेखि पर्यटन र अन्य व्यवसायमा आबद्ध युवाहरुको प्रवेशले कांग्रेस थप सशक्त भएको मुख्यमन्त्री पोखरेलले बताए । नवप्रवेशीहरुलाई जिम्मेवारी दिएर पार्टीलाई सशक्त बनाउने जिम्मा पुराना नेता कार्यकर्ताको रहेको भन्दै यसको व्यवस्थापनमा जोड दिन उनले आग्रह गरे । पार्टीको महाधिवेशन, स्थानीय तहको निर्वाचन र त्यसपछि हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा परिणाम आफ्नोतिर आउनेगरी काम गर्न मुख्यमन्त्री पोखरेलले आग्रह गरे । 

कार्यक्रममा प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापाले पोखराका पूर्व मेयर गणेशबहादुर भट्टराईको प्रवेशले कास्कीको राजनीतिमा ठूलो हलचल मच्चाएको बताए । संघीयतामा प्रशस्त सम्भावना र अवसर रहेको भन्दै क्षमता अनुसार नेतृत्व लिन नवप्रवेशीलाई उनले आग्रह गरे । 

कार्यक्रममा अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले सुशासनका लागि व्यवसायीहरुलाई राजनीतिमा आकर्षित गर्नुपर्ने बताए । राजनीतिक नेतृत्वबाटै सुशासनको सुरुआत हुनुपर्ने भन्दै भ्रस्टाचारबाट मुलुकलाई जोगाउनुपर्ने अहिलेको मुख्य चुनौती रहेको भनाइ राखे । कोरोनाको महामारीबाट पर्यटन व्यवसायी सारै मारमा परेको भन्दै अहिले खोप उपलब्ध गराएर थोरै भए पनि राहत प्रदान गर्न उनले आग्रह गरे । पोखरा र आसपासको पर्यटनलाई जगाउन १५ हजारजति खोप उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो । ट्रेकिङ रुटका व्यवसायीलाई समेत खोप दिलाउन उनले आग्रह गरे । 

पर्यटन व्यवसायीलाई पुनर्कर्जा र साना व्यवसायीलाई व्यवसाय जीवन रक्षा कोष दिने भनिए पनि प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको उनले बताए । उनले भने,‘व्यवसायीहरु भाडा तिर्न नसक्ने अवस्थामा छन्, कति त पलायन भइसके, अब पनि केही गर्न सकिएन भने अवस्था भयावह हुन्छ ।’ 

पर्यटन बोर्डका पूर्व सदस्य टीकाराम सापकोटाले गणेश भट्टराईसहित १२ जना व्यवसायीको प्रवेशले पार्टीमा जोश र जाँगर बढेको भनाइ राखे । अब सरकारले पर्यटन पुनरुत्थानमा जोडन दिन आग्रह गर्दै उनले सर्भाइभल, रिभाइभल र एराइभललाई अभियानका रुपमा अगाडि बढाउन सुझाव दिए । 

उक्त अवरमा रेबान पोखराका पूर्व अध्यक्ष चौबहादुर गुरुङले नजिकिँदै गरेको पर्यटन दिवस भव्यरुपमा मनाउन लागेको भन्दै यसका प्रदेश सरकारको सहयोगको अपेक्षा गरिएको बताए । 

गणेशबहादुर भट्टराईको नेतृत्वमा पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराई, धर्मेन्द्रकुमार बाटाजु, अशोककुमार भण्डारी, जीवन भट्टराई, विकास भट्टराई, विशेष थापा, जयराम तिमिल्सिना, सुनिलबहादुर भट्टराई, अमित थापा, सरोज भट्टराई, च्यामबहादुर गुरुङ र अमृत ढकाल हालै कांग्रेसमा प्रवेश गरेका हुन् । उनीहरु सबैलाई प्रधानमन्त्री निवास बालुवाटारमा गत साता आयोजित कार्यक्रमका पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सदस्यता प्रदान गरेका हुन् ।