२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मलेसियामा नेपाली श्रमिकको सुरक्षादेखि डिजिटल सेवासम्म खरेलका प्राथमिकता News Polar प्रस्तावित राजदुत डा. झाको योग्यता र कार्यक्षमतामाथि सत्तारुढ सांसदको प्रश्नै प्रश्न News Polar श्रीलंकासँग आर्थिक साझेदारी बलियो बनाउने राजदूत झाको प्रतिबद्धता News Polar तुलसीपुर प्रहरीका लागि ‘बडी बर्न’ क्यामेरा News Polar मतदातासूचीबाट तीन हजार ४७२ मतदाताको नाम हटाइयो News Polar वीरगन्जमा फरार प्रतिवादी प्रक्राउ News Polar कांग्रेस महाधिवेशन : आदिवासी जनजातितर्फको मतगणना सम्पन्न, बहादुर सिंह लामा तामाङ विजयी News Polar प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात News Polar राजदूत सुनारबारे प्रहरीको अभिलेखमा मिलापत्र, डिपोर्टबारे अध्यागमनसँग विवरण छैन News Polar दसैँअवधिभर काभ्रेमा टिपर सञ्चालनमा रोक News Polar ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु News Polar पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा देशभर १७ हजार ८२ व्यवसायी दर्ता News Polar चितवनमा नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar कांग्रेस खस आर्य महिला केन्द्रीय सदस्यमा भद्रा पराजुलीको अग्रता, जानुका पन्त दोस्रो News Polar भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै News Polar कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस News Polar छेपारे पहिरोको पीडाः ‘न बच्यो साहारा, न रह्यो बास’ News Polar भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा News Polar वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

होम सेन्टरबाटै कक्षा १२ को परीक्षा, हेर्नुहोस् परीक्षा तालिका

होम सेन्टरबाटै कक्षा १२ को परीक्षा, हेर्नुहोस् परीक्षा तालिका
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को स्थगित परीक्षा यही भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ । बोर्डको आज बसेको बैठकले असोज ८ गतेसम्म होम सेन्टरबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सहमतिमा बोर्डले परीक्षा सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिएको छ ।
    
बोर्डले आजै परीक्षाको तालिकासमेत सार्वजनिक गरेको छ । कोभिड–१९ को सङ्क्रमणका कारण यसअघि दुईपटक स्थगित भएको कक्षा १२ को परीक्षा गत साउन ३१ देखि सञ्चालन गर्ने तयारी गरे पनि कोभिड–१९ को महामारी नियन्त्रण नभएको भन्दै स्थगित गरेको थियो । 

परीक्षा आउन एक हप्ता बाँकी हुँदा साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म सञ्चालन गर्न तयारी गरेको कक्षा १२ को परीक्षा स्थगित भएको थियो । कक्षा १२ मा तीन लाख ७२ हजार ३४८ परीक्षार्थीका लागि बोर्डले चार हजार ३१० परीक्षा केन्द्र निर्धारण गर्दै होम सेन्टरमा सुरक्षित भएर परीक्षा सञ्चालन गर्ने भएको छ । यसअघि पनि बोर्डले यसपटक १०० पूर्णाङ्ककै परीक्षा गराउने गरी भौतिक दूरी कायम गर्दै एउटा कक्षामा २५ जना मात्रै विद्यार्थी राखेर परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो । बोर्डले परीक्षा दिने परीक्षार्थीलाई कोभिडविरुद्धको खोप लगाउन आग्रह गरेको छ । 

बोर्डले गत वर्ष परीक्षा समय र अङ्क भार घटाएर परीक्षा लिएको थियो । बोर्डले ४० प्रतिशत मूल्याङ्कनका लागि मात्रै परीक्षा लिएको थियो । बाँकी ४० प्रतिशत मूल्याङ्कन कक्षा ११ को नतिजाका आधारमा र २० प्रतिशत आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा भएको थियो ।