१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

कांग्रेस– एमाले बालुवाटार बैठक सकियो, कुनै ठोस सहमति नभएको नेताहरुको भनाई

कांग्रेस– एमाले बालुवाटार बैठक सकियो, कुनै ठोस सहमति नभएको नेताहरुको भनाई
अ अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको छलफल विना निष्कर्ष सकिएको छ । दुई दलबीच नयाँ राजनीतिक समीकरणका लागि 'ब्रेक थ्रु' हुन लागेको अनुमान गरिए पनि बैठकमा त्यस्तो कुनै सहमति नभएको बताइएको छ ।

खासगरी अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता संसदबाट अनुमोदन गर्ने विषयमा सत्तारुढ गठबन्धनबीच सहमति हुन नसकेपछि प्रधानमन्त्री देउवाले विपक्षी एमालेको साथ र सहयोग खोजिरहनु भएकाे छ । यसैबमोजिम बसेको सो बैठकमा पनि यही नै गर्ने भन्ने ठोस सहमति भने हुन नसकेको समाचार स्रोतले बताएको छ ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले काँग्रेस–एमालेबीच भएको छलफलमा ठोस निष्कर्ष निस्कन नसकेको जानकारी दिनुभयो  । उहाले भन्नुभयो, ‘संसद्लाई प्रभावकारी बनाउन, संसद् सञ्चालन गर्न भूमिका निर्वाह गर्नुस् भने प्रधानमन्त्रीले अधिकतम प्रयत्न गरिरहनु भएको छ । तर उहाँहरू (एमाले नेताहरू)ले प्रतिबद्धता जनाउनु भएको छैन ।’

छलफलमा एमाले अध्यक्ष ओलीले संसदमा आफूहरूले उठाएका मुद्दामा ठोस प्रगति नहुँदासम्म संसदमा आएर आफ्ना विचार राख्न कठिनाइ  हुने जिकिर गर्नु भएको थियो ।

यसै विषयमा आज दिउँसो पनि दुई दलबीच संसद् भवनमा छलफल भएको थियो । दुई अध्यक्ष साँझ पुनः बैठकमा बस्ने सहमति गरी छुटिएका थिए । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्न एमालेको सहयोग खोजेका थिए । तर एमाले अध्यक्ष ओलीले भने उही पुरानै अडान दोहोराएर अहिलेको सत्ता गठबन्धन टुट्नु पर्ने तथा सभामुखमाथिको कारबाहीमा कांग्रेसको मत मागेका बुझिएको छ ।

आज संसद भवनमा जस्तै बालुवाटारमा पनि प्रधानमन्त्री देउवाले ओलीसँगको छलफलमा एमसीसीको पक्षमा उभिए आफू एमालेका मागहरूमा लचिलो हुन तयार गरेको बताएका थिए । तर पनि ओलीले पहिलेजस्तै आफ्नो पार्टीको एजेण्डका रुपमा सभामुखलाई हटाउन र वर्तमान सत्ताको गठबन्धन तोड्नु पर्ने अडान लिएका थिए ।

आजको बैठकमा नेपाली कांग्रेसको तर्फबाट पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा सहभागी थिए भने नेकपा एमालेको तर्फबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र सुवास नेम्वाङ थिए । आज कुनै ठोस सहमति हुन नसके पनि पुनः बस्नेगरी आजको बैठक सकिएको एकजना सहभागीले बताए ।

हालसम्म औपचारिक रुपमा कायम रहेको सत्ता गठबन्धनमा रहेका दलहरुले  एमसीसी संसदबाट पारित गराउन सहयोग नगरेपछि देउवाले  प्रमुख प्रतिपक्ष दलसँग सम्बाद बढाउनु भएको हो । कांग्रेस र एमालेको बैठक भोलि उपयुक्त समयमा बस्ने बताइएको छ ।