२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्लाको सरकारी टोली बडीमालिका मन्दिरको पूजाका लागि प्रस्थान



vnËf, !& ;fpgM al8dfnLsf eujtL dlGb/df k”hfsf nflu hfg nfu]sf 6f]nLnfO{ labfO{ h’Dnfsf] ;/sf/L 6f]nL ;’b”/klZrd k|b]zsf] afh’/f lhNnfl:yt al8dfnLsf eujtL dlGb/df k”hfsf] nflu hfg nfu]sf 6f]nLnfO{ labfO{ ub}{ ;’/IffsdL{nufot :yfgLojf;L . tl:a/ M ljho /fjt ÷/f;;
अ+ अ-

जुम्ला । सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लास्थित बडीमालिका भगवती मन्दिरमा पूजाआजा गर्नका लागि जुम्लाको सरकारी टोली बाजुरा प्रस्थान गरेको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाका नायब सुब्बा एकराज गिरीको नेतृत्व तथा पुजारी विष्णुप्रसाद उपाध्यायसहित दर्जनौँ भक्तजनको टोली बडीमालिका गएको छ ।

हरेक वर्ष साउन शुक्लपूर्णिमा नाग पञ्चमीका दिन तत्कालीन जुम्ला राज्य र डोटी राज्यद्वारा संयुक्तरूपमा बडीमालिकाको पूजा गर्ने प्रचलनअनुसार आज जुम्लाको सरकारी टोली बडीमालिका गएको जुम्लाका संस्कृत जानकार रमानन्द आचार्यले जानकारी दिनुभयो ।

नेपाली सेनाको एक टुकुडीले बटुक भैरवनाथ, बाबा चन्दननाथ र दरबार मालिकाको सलामी अर्पण, पाँचवटा सलामी, ब्यान्डबाजा र बिगुल फुकेर पूजाको डोलीसहित बडीमालिका हिँडेको टोलीलाई स्थानीयवासीदेखि सुरक्षाकर्मीले भव्यका साथ बिदाइ गरिएको छ । संस्कृत जानकार आचार्यले भन्नुभयो, “परम्परादेखि हरेक नागपञ्चमीका दिन जुम्लाको सरकारी टोली पूजाका लागि बडीमालिका जाने चलन छ । डोटी बाजुराको टोली बडीमालिका आउने जुम्लाको टोली बडीमालीका पुगेर संयुक्त पूजा गर्ने प्रचलन छ । नेपाली सेनाको सलामीसहित टोलीलाई जुम्लाका सयौँ भक्तजन, सरकारी तथा गैससका प्रतिनिधिले फूलमाला अबिरसहित बिदाइ गरेका छन् ।” जिल्ला प्रशासन कार्यालयको तर्फबाट सुनको टीका, बिनायो, चाँदीको काँगियो, छत्र, मुरुली गरी पाँच वटा पूजाका सामान पेटारो नामक झोलीमा राखेर बडीमालिका मन्दिरमा पूजाका लागि पठाइएको संस्कृत जानकार आचार्यले बताउनुभयो । रासस

प्रमुख जिल्ला अधिकारी विजया प्रसाईंले बडीमालिका जाने टोली सुरक्षार्थ सीमावर्ती जिल्ला प्रशासन र प्रहरी कार्यालयसँग समन्वय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “गत वर्ष कोरोनाका कारण सीमितरूपमा टोली बडीमालिका गएको थियो ।

यस वर्ष नागरिकको उत्साह पनि धेरै देखियो । बडीमालिकाको टोली पुगेपछि जुम्लामा जात्रा लाग्ने चलन छ । बडीमालिकाबाट टोली आगामी भदौ १ गते जिल्लामा फर्किने छ ।” बडीमालिकामा वर्षमा एक पटक हुने पूजाले बाजुरा र जुम्लाको धार्मिक सहिष्णुताको विकाससँगै धार्मिक पर्यटनलाई समेत उजागर गरेको जिल्ला समन्वय समितिका प्रमुख गोरीनन्द आचार्यले जानकारी दिनुभयो ।