२० मंसिर २०८२, शनिबार
,
Latest
कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

अदालतबाट ९० लाख जरिवना ठहर भएका थापा पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौं । नेपाल प्रहरीले उच्च अदालत पाटनबाट रु ९० लाख जरिवाना ठहर भएका एकजनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरी टोलीले बैंकिङ कसुर मुद्दामा उच्च अदालतबाट रु ९० लाख जरिवाना ठहर भएका खोटाङको दिक्तेल घर भई काठमाडौँको पुरानो बानेश्वर बस्ने ३५ वर्षीय माया बस्नेत थापालाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ थापालाई रु ९० लाख भएको बैंकिङ कसुरसम्बन्धी मुद्दामा उच्च अदालत पाटनले पक्राउ पुर्जी जारी गरेको थियो । फरार रहेकी थापालाई ललितपुरको बगलामुखीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ थापालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बालाजु पठाइएको सो कार्यालयले जनाएको छ ।