• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo
Latest
★   मदन कृष्ण श्रेष्ठको ७४ औं जन्मदिनको अबसरमा रक्तदान ★   काँग्रेसले प्रतिशोधपूर्ण खालको राजनीति गरिरहेको छः ओली ★   नेपालमा कुस्तीः चुनौतीबीच संस्कृतिको संरक्षण ★   पार्टी फुटले सरकारलाई कुनै असर गर्दैनः उपप्रधानमन्त्री यादव ★   सयको नोटमा नयाँ नक्शा छाप्ने निर्णयबारे ओलीले मागे राष्ट्रपतिसँग जवाफ ★   वडा कार्यालय भवन उद्घाटनसँगै स्व. रिजालको शालिक अनावरण ★   वीरगन्जका पूर्व मेयर सरावगीले एमाले परित्याग गरे ★   जब आइन्स्टाइनको दिमाग चोरी भयो ★   संघीयता कहिलेसम्म हो थाहा छैन: सचिव झाँक्री ★   अवैध बाटोबाट अमेरिका पठाइदिने भन्दै ५ करोड ५० लाख ठगी गर्ने गिरोह पक्राउ

साफ यू–२०ः बंगलादेशसँग नेपालको बराबरी



काठमाडौं । साफ यू–२० च्याम्पियनसीप फुटबल प्रतियोगितामा नेपालले बङ्गलादेशलाई १÷१ गोलको बराबरीमा रोकेको छ । भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा आज भएको लिगचरणको अन्तिम खेलमा नेपाललले बङ्गलादेशसँग १–१ गोलको बराबरी खेलेसँगै नेपालको फाइनल खेल्ने सम्भावना कामयमै रहेको छ ।

नेपालले ४ खेलमा ७ अङ्क जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । बङ्गलादेशले भने फाइनलमा स्थान पक्का गरेको छ । अपराजित रहेको बङ्गलादेशले ४ खेलमा १० अङ्क जोडेको छ । बङ्गलादेश शीर्ष स्थानमा रहेको छ । अब नेपालले फाइनल पुग्न भारत र माल्दिभ्सबीचको खेलको नतिजा कुर्नुपर्नेछ । यदि भारतले माल्दिभ्ससँग हार ब्यहोरेमा नेपाल फाइनल पुग्नेछ । भारतले जित वा बराबरी गरेको खण्डमा नेपाल प्रतियोगिताबाट बाहिरिने छ ।

भारत र माल्दिभ्सबीचको खेल आज भएको छ । भारत ३ खेलमा ६ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ । माल्दिभ्स १ अङ्क जोडेर प्रतियोगिताबाट बाहिरिसकेको छ । निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको दुवै गोल दोस्रो हाफमा भएको हो । खेलको ६३औँ मिनेटमा बङ्गलादेशका मोहमद पियास अमहेद नोभाले एक गोल गर्दै बङ्गलादेशलाई सुरुआत अग्रता दिलाए ।

बङ्गलादेशको १ शून्य गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको ६८औँ मिनेटमा नीरञ्जन मल्लले गोल गर्दै नेपाललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसअघि दुवै टोली १० खेलाडीमा समेटिएको थियो ।