२१ आश्विन २०८१, सोमबार
,
Latest
विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिस्ने खोलाले कार बगायो, चार जनाको मृत्यु



अ+ अ-

दाङ । गएराति दाङमा बाढीले गाडी बगाउँदा एकै घरमा दुई दिदी बहिनीसहित चार जनाको मृत्यु भएको छ । 

घोराही लमही सडक खण्डको घोराही उपमहानगरपालिका–४ सिस्ने खोलामा आएको बाढीले प्रदेश ०३– ०१–०२४ च ४४४० नम्बरको कारलाई बगाउदा चार जनाको मृत्यु भएको हो । 

दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार घोराही १३ की ३२ वर्षीया सुशीला श्रेष्ठ, घोराही १४ की ३० वर्षीया राधा श्रेष्ठ कुँवर, घोराही–१३ की ४० वर्षीया रीता माया पुन र घोराही–१४ का ४२ वर्षीया बिमला केसीको मृत्यु भएको हो । चालकलाई भने प्रहरीले उद्धार गरेको छ । 

रुपैडैयाँ किनमेल गरेर फँर्कदै गर्दा गाडीलाई बाढीले बगाएको थियो ।

मृतक राधा र सुशीला घोराही उपमहानगरपालिका वडा नम्बर १६ का सदस्य जगत श्रेष्ठका छोरीहरू हुन् । चालक घोराही–१५ का ४० वर्षीय नरबहादुर पुनको खुट्टा भाँचिएको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।