• ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
  •   Unicode
Logo

निर्वाचनको मिति घोषणा भएपछि संसद् स्वतः भंग हुन्छ: संविधानविद आचार्य



काठमाडाैं। संविधानविद डा.भीमार्जुन आचार्यले निर्वाचनको मिति घोषणा भएपछि संसद् स्वतः भंग हुने जनाउनु भएको छ ।

यो पनि पढ्नुहोसचुनावको मनोनयन दिनसम्म प्रतिनिधिसभाको कार्यकाल रहन्छ: सभामुख

बिशेष गरी सत्तागठन्धन र सभामुख अग्निप्रसाद सापकोटाले मनोनयका बेला सम्म संसदको कार्यकाल कायम रहेको अभिव्यक्ति दिए पछि संविधानबिद् आचार्यले सामाजिक संञ्जाल मार्फत यस्तो प्रतिक्रिया जनाउनु भएको हो ।

उहाँले लेख्नु भएको छ –

प्रतिनिधिसभाको कार्यकाल ५ वर्षको हो। कार्यकाल सकिनु अघि अर्थात मंसिर १० गते भित्र अर्को निर्वाचन सम्पन्न भइसक्नु पर्छ। निर्वाचनको मिति घोषणा भएपछि संसद् स्वतः भंग (defunct)  हुन्छ। विघटन गरिराख्नु पर्देन। संसद् नै नरहेपछि सांसद् रहने भन्ने कुरै हुदैंन।स्थापित संवैधानिक अभ्यास र मान्यताको कदर गरौ, अति नगरौं। यस्ता अतिले धेरै क्षति भइसक्यो, अब बन्द गरौं।