२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्‌राइज बैंकले सुरु गर्‍यो नेपाल पे क्युआरको सेवा



अ+ अ-

काठमाडौँ । सनराइज बैंकले नेशनल पेमेन्ट स्विचअन्तर्गत नेपालपे क्युआरलाई आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन सनराइज स्मार्टमा एकीकृत गरेको छ।

सोमबार बैंकको केन्द्रीय कार्यालयमा भएको एक कार्यक्रमबीच बैंकका नायब महाप्रबन्धक रविन नेपाल तथा नेपाल क्लीयरिङ्ग हाउस लिका प्रमुख कार्यकारी अधिकृत निलेस मान सिंह प्रधानले संयुक्त रुपमा यो सेवाको शुभारम्भ गरेका हुन्।

सनराइज बैंकका ग्राहकहरुले आफ्नो मोबाइल बैंकिङ्ग एप प्रयोग गरी नेपालपे क्युआर मर्चेन्टहरुमा सजिलै झुक्तानी गर्न सक्नेछन्।

सनराइज बैंकमार्फत क्युआर भुक्तानी सेवा लिएका वा लिन चाहने ब्यावसायीहरुले नेपालपे क्युआर स्ट्यान्डी प्राप्त गर्न पनि सक्नेछन्।

बैंकले २० हजारभन्दा बढी मर्चेन्ट नेटवर्क (पस तथा क्युआर), १५९ एटीएम, १३९ शाखा, १३ वटा एक्सटेन्सन काउन्टर, ९४ वटा शाखारहित बैंकिङ्ग सेवामार्फत सेवा प्रदान गर्दै आएको छ।

सन्‌राइज बैंकले ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ गरौं’ भन्ने नाराका साथ डिजिटाइजेसनलाई प्रबर्द्धन गर्दै आएको छ।