• २४ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 6 2024
  •   Unicode
Logo
Latest
★   ललितपुर महानगरको ‘सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी’ अभियान शुरु ★   नरेन्द्र मोदीले ८ जुनमा शपथ लिने, प्रधानमन्त्री प्रचण्डसहित छिमेकी देशका नेताहरूलाई निमन्त्रणा ★   सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, तोलामा कति पुग्यो? ★   बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा अपराध अनुसन्धानका इन्सपेक्टर पक्राउ ★   सुरक्षा अधिकारीद्वारा चीनसँगको सीमा क्षेत्रको निरीक्षण ★   दक्षिणकालीको भीरमा एक महिला र पुरुषको शव भेटियो ★   विश्वकप छनोट: नेपाल र युएई भिड्दै ★   मधेश प्रदेशको मुख्यमन्त्रीमना सतिश सिंहलाई उम्मेदवार बनाउने जनमतको निर्णय ★   टी–२० विश्वकपः अष्ट्रेलियाले ओमानलाई ३९ रनले हरायो ★   १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति दिन निजी विद्यालयलाई काठमाडौं महानगरपालिकाको निर्देशन

ओलीले भने – प्रचण्ड, माधव, झलनाथ, वामदेव र नारायणकाजी देशद्रोही हुन्



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको व्यवहार देखेर गोरु मात्र होईन अरु जनावर पनि लजाएको टिप्पणी गर्नुभएको छ । तुलसीलाल अमात्यको २५ औँ स्मृति दिवसका अवसरमा आयोजित एक समारोहमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।

बजेट निर्माणमा अनाधिकृत व्यक्तिको प्रवेश गराउने व्यक्तिलाई पुनः अर्थमन्त्री बनाएर रमिता देखाएको उहाँले आरोप लगाउनु भयो । उहाँले भन्नुभयो ‘न स्वतन्त्र रुपमा छानबिन गर्न दिएको छ , न कल डिटेल हेर्न दिईएको छ । कुन समितिले सफाई दिएको छ र सफाई पाईयो भन्दै कुर्लदै हिँडिरहेका छन् , गठबन्धनसँग अर्को मान्छे पनि छैन रहेछ उहि मान्छे नै फेरि मन्त्री बनाए ।’

नेपाली कांग्रेसप्रति निकै आक्रामक बन्नुभएका ओलीले भन्नुभयो ‘के आधारमा काँग्रेसलाई लोकतान्त्रीक शक्ति भन्ने ? न चरित्र लोकतान्त्रकि छ न व्यवहार ।’ अध्यक्ष ओलीले गठबन्धनमा रहेका अन्य दलहरुलाई समेत सधैँ झै कटाक्ष गर्नुभयो ।

उहाँले भन्नुभयो ‘यो देश लुट्ने विकास बिरोधी गठबन्धन हो ।’ पूर्वसहकर्मीहरु प्रति पनि ओलीले कटाक्ष गर्न छाड्नुभएन । उहाँले भन्नुभयो ‘केही दिन अघि पाँच भाई जम्मा भए रे । एमालेमा छँदा दुख दिने पार्टी फुटाउनेहरुले समाजवादी केन्द्र बनाउने रे । यी देश द्रोहीहरुले के को समाजवादीदी केन्द्र बनाउने । यी एमसीसी, एसपीपी लगायत सम्झोता गर्नेहरुले भन्दैमा समाजबादी केन्द्र हुन्छ ?’