१४ श्रावण २०८३, बिहीबार
,
Latest
केराको मूल्यवृद्धि भयो, बजार अनुगमन गर्नुपर्यो : केरा उत्पादक सङ्घ राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज, समसामयिक सुरक्षा अवस्थाबारे छलफल हुने सप्तरीमा नयाँ ३३/११ केभी सबस्टेसन सञ्चालनमा, १५ हजार उपभोक्ता लाभान्वित हुने माग प्रमाणीकरणमा नयाँ व्यवस्था, वैदेशिक रोजगारीमा जाने श्रमिकको कामको विस्तृत विवरण अनिवार्य ऋण असुलीबाट शिव शिखरका बचतकर्तालाई रकम फिर्ता जारी, थप ५६ जनाले पाए रकम राष्ट्रपति पौडेल र सभामुख आर्यालबीच भेट, राजनीतिक अवस्था र संसदीय गतिविधिबारे छलफल इराकमा इरान समर्थित लडाकु समूहमाथि अमेरिका र साउदी अरबद्वारा हवाई आक्रमण इरानमाथि कडा जवाफी कारबाही गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी अमेरिकी र साउदी हवाई आक्रमणमा मारिएका सुरक्षाकर्मीको इराकमा अन्त्येष्टि ‘आइपीओ रोकेर धितोपत्र बोर्डले निजी क्षेत्रमाथि अपराध गर्‍यो’: इप्पान अध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीले भने – प्रचण्ड, माधव, झलनाथ, वामदेव र नारायणकाजी देशद्रोही हुन्



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको व्यवहार देखेर गोरु मात्र होईन अरु जनावर पनि लजाएको टिप्पणी गर्नुभएको छ । तुलसीलाल अमात्यको २५ औँ स्मृति दिवसका अवसरमा आयोजित एक समारोहमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।

बजेट निर्माणमा अनाधिकृत व्यक्तिको प्रवेश गराउने व्यक्तिलाई पुनः अर्थमन्त्री बनाएर रमिता देखाएको उहाँले आरोप लगाउनु भयो । उहाँले भन्नुभयो ‘न स्वतन्त्र रुपमा छानबिन गर्न दिएको छ , न कल डिटेल हेर्न दिईएको छ । कुन समितिले सफाई दिएको छ र सफाई पाईयो भन्दै कुर्लदै हिँडिरहेका छन् , गठबन्धनसँग अर्को मान्छे पनि छैन रहेछ उहि मान्छे नै फेरि मन्त्री बनाए ।’

नेपाली कांग्रेसप्रति निकै आक्रामक बन्नुभएका ओलीले भन्नुभयो ‘के आधारमा काँग्रेसलाई लोकतान्त्रीक शक्ति भन्ने ? न चरित्र लोकतान्त्रकि छ न व्यवहार ।’ अध्यक्ष ओलीले गठबन्धनमा रहेका अन्य दलहरुलाई समेत सधैँ झै कटाक्ष गर्नुभयो ।

उहाँले भन्नुभयो ‘यो देश लुट्ने विकास बिरोधी गठबन्धन हो ।’ पूर्वसहकर्मीहरु प्रति पनि ओलीले कटाक्ष गर्न छाड्नुभएन । उहाँले भन्नुभयो ‘केही दिन अघि पाँच भाई जम्मा भए रे । एमालेमा छँदा दुख दिने पार्टी फुटाउनेहरुले समाजवादी केन्द्र बनाउने रे । यी देश द्रोहीहरुले के को समाजवादीदी केन्द्र बनाउने । यी एमसीसी, एसपीपी लगायत सम्झोता गर्नेहरुले भन्दैमा समाजबादी केन्द्र हुन्छ ?’




भर्खरै