२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, तोलामा कति पुग्यो?



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले आज बिहीबार पुन: नयाँ रेकर्ड बनाएको छ ।

मंगलबार मात्रै नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज फेरी हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

आज छापावाल सुन प्रतितोला एक हजार आठ सय रूपैयाँले बढ्दै एक लाख ४४ हजार रूपैयाँ पुगेको छ । पछिल्लो रेकर्डमा सुन प्रतितोला एक लाख ४२ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २५ रूपैयाँ बढेर १८ सय ५० रूपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।