१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

नरेन्द्र मोदीले ८ जुनमा शपथ लिने, प्रधानमन्त्री प्रचण्डसहित छिमेकी देशका नेताहरूलाई निमन्त्रणा

नरेन्द्र मोदीले ८ जुनमा शपथ लिने, प्रधानमन्त्री प्रचण्डसहित छिमेकी देशका नेताहरूलाई निमन्त्रणा
फाईल फोटो
अ अ+ अ-

एजेन्सी। भारतको लोकसभा चुनावमा एनडीएको जितपछि भाजपाका नेता नरेन्द्र मोदीले लगातार तेस्रो पटक प्रधानमन्त्रीको सपथ ग्रहण गर्ने भएका छन् । उनले जुन ८ मा प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गर्ने बताईएको छ ।

शपथ ग्रहण समारोहलाई भव्य बनाउने तयारी भइरहेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार समारोहका लागि भारतले नेपालका प्रधानमन्त्रीसहित छिमेकी देशका नेताहरूलाई पनि निमन्त्रणा गर्ने बताएको छ ।

शपथ ग्रहण समारोहको लागि नेपालका प्रधानमन्त्री पुप्पकमल दाहाल प्रचण्डसहित श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घे, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, मौरिसस र भुटानका नेताहरुलाई आमन्त्रण गरिने बताईएको छ ।

श्रीलंकाका राष्ट्रपति विक्रमासिङ्घेले बुधबार फोन गरेर प्रधानमन्त्री मोदीलाई चुनाव जितेकोमा बधाई दिएका थिए। यस कलको क्रममा मोदीले उनलाई सपथ ग्रहण समारोहमा उपस्थित हुन निम्तो दिएका बताईएको छ ।

सोही क्रममा मोदीले नेपालका प्रधानमन्त्री प्रचण्डसँग पनि फोनमा कुराकानी गरेका थिए । भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे र मौरिससका प्रधानमन्त्री प्रविन्द जगन्नाथलाई पनि निमन्त्रणा गर्ने निश्चित भएको पीटीआईले जनाएको छ ।

यसअघि सन् २०१४ मा आफ्नो पहिलो सपथ ग्रहण समारोहमा प्रधानमन्त्री मोदीले सार्क राष्ट्रका नेताहरुलाई निम्तो दिएका थिए । समारोहमा पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज शरीफ, अफगान राष्ट्रपति हमिद कारजाई र श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षे सहभागी भएका थिए ।

यसपछि प्रधानमन्त्री मोदीले आफ्नो दोस्रो कार्यकालका लागि २०१९ मा भएको सपथ ग्रहण समारोहमा बिमस्टेक देशका नेताहरूलाई निम्तो गरेका थिए । समारोहमा किर्गिस्तान, श्रीलंका, मौरिसस, नेपाल, भुटान, बंगलादेश र म्यानमारका नेताहरुको सहभागिता रहेको थियो ।