१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

खातुनको निधनमा कांग्रेस सभापति देउवाद्वारा समवेदना प्रकट



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस केन्द्रीय सदस्य अब्दुल सत्तारकी आमा हज्जिन सफिना खातुनको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गर्नुभएको समवेदनामा सभापति देउवाले मृतक खातुनप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिर शान्तिको कामना र शोक सन्तप्त परिवारजप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्नुभएको उल्लेख गर्नुभएको छ ।

नारायणी सामुदायिक अस्पताल भरतपुरमा उपचारका क्रममा खातुनको ९४ वर्षको उमेरमा यही साउन १६ गते निधन भएको थियो । दमसम्बन्धी समस्याबाट पीडित खातुन नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय रहँदै आउनुभएको भन्दै समवेदनामा उहाँको निधनबाट नेपाली कांग्रेसले एक अग्रज व्यक्तित्व गुमाएको उल्लेख गरिएको छ ।