७ पुष २०८२, सोमबार
,
Latest
एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मेरो घरको कम्पाउण्डभित्र बम पड्काइयो, आजीवन पीएसओ चाहियो सरकार’



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद रेनुका गुरुङले आफ्नो घरको कम्पाउण्डभित्र बम पड्किएको भन्दै सुरक्षाको माग गरेकी छन् । मंगलबार संसद् बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन् । उनले सोमबार राती ८ बजेतिर बम पड्किदा घरका सबैजना आतंकित भएको बताइन् ।

झ्यालबाट बाहिर हेर्दा दुईजना लोग्ने मानिस मोटरसाइकलमा गएको र अँध्यारो हुँदा आफूले नचिनेको उनको भनाइ छ। सांसद गुरुङले संघीय सांसद र कार्यपालिकाको सदस्य भएकाले आफू र आफ्नो परिवारको सुरक्षाको सुरक्षार्थ पूर्वराज्यमन्त्रीले पाउनुपर्ने अनिवार्य पीएसओको आजीवन व्यवस्थाका लागि सभामुखमार्फत गृहमन्त्री र नेपाल सरकारसँग माग गरिन् ।

‘हिजो बेलुकी ८ः२५ बजे मेरो घरको गेटभित्र बम पड्काइयो, घरका सबै आतंकित भए, झ्याल खोलेर हेरेँ, दुई जना लोग्ने मान्छे मोटरसाइकलमा गएको देखेँ तर अँध्यारो भएकाले चिन्न सकिन।’ उनले भनिन्,‘महाराजगञ्ज थानाको नम्बर खोजेर फोन गरेँ। गृहमन्त्रीको फोन उठेन।’

त्यसपछि आफूले उपसभामुख पुष्पा भुसाललाई फोन गरेको र उनीबाट सान्त्वना पाएको बताइन् ।

उनले भनिन्, ‘त्यसपछि माननीय उपसभामुख पुष्पा भुसाल दिज्जुलाई फोन गरेँ। शान्त्वना दिनुभयो । अन्तः संघीय सांसद र कार्यपालिकाको सदस्य भएकाले म र मेरो घर परिवारको सुरक्षाको सुरक्षार्थ पूर्वराज्यमन्त्रीले पाउनुपर्ने अनिवार्य पीएसओको आजीवन व्यवस्थाका लागि सभामुखमार्फत् गृहमन्त्री र नेपाल सरकारसँग माग गर्दछु।’