२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मलेसियामा नेपाली श्रमिकको सुरक्षादेखि डिजिटल सेवासम्म खरेलका प्राथमिकता News Polar प्रस्तावित राजदुत डा. झाको योग्यता र कार्यक्षमतामाथि सत्तारुढ सांसदको प्रश्नै प्रश्न News Polar श्रीलंकासँग आर्थिक साझेदारी बलियो बनाउने राजदूत झाको प्रतिबद्धता News Polar तुलसीपुर प्रहरीका लागि ‘बडी बर्न’ क्यामेरा News Polar मतदातासूचीबाट तीन हजार ४७२ मतदाताको नाम हटाइयो News Polar वीरगन्जमा फरार प्रतिवादी प्रक्राउ News Polar कांग्रेस महाधिवेशन : आदिवासी जनजातितर्फको मतगणना सम्पन्न, बहादुर सिंह लामा तामाङ विजयी News Polar प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात News Polar राजदूत सुनारबारे प्रहरीको अभिलेखमा मिलापत्र, डिपोर्टबारे अध्यागमनसँग विवरण छैन News Polar दसैँअवधिभर काभ्रेमा टिपर सञ्चालनमा रोक News Polar ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु News Polar पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा देशभर १७ हजार ८२ व्यवसायी दर्ता News Polar चितवनमा नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar कांग्रेस खस आर्य महिला केन्द्रीय सदस्यमा भद्रा पराजुलीको अग्रता, जानुका पन्त दोस्रो News Polar भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै News Polar कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस News Polar छेपारे पहिरोको पीडाः ‘न बच्यो साहारा, न रह्यो बास’ News Polar भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा News Polar वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

नेपाल भर्सेस भारतः ६ वर्षपछि आमनेसामने

नेपाल भर्सेस भारतः ६ वर्षपछि आमनेसामने
अ अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली र भारतको राष्ट्रिय टिमले आज (बिहीबार) साँझ ५ः३० बजे प्रतिस्पर्धा गर्दैछन् । 

नेपालले भारतको सिनियर टोलीसँग प्रतिस्पर्धा नगरेको ६ वर्ष बितिसकेको छ । २०१५ को मार्चमा नेपाल र भारतबीच रसिया विश्वकप छनोटअन्तर्गत प्रतिस्पर्धा भएको थियो । पहिलो लेगमा भारत २–० ले विजयी भएको थियो । दोस्रो खेलमा नेपालले भारतलाई गोलरहित बराबरीमा रोकेको थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आसन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगितालाई सहयोग पुग्ने हेतुले भारतसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल प्रस्ताव गरेको थियो । 

भारतले पनि उक्त प्रस्तावलाई स्वीकारेपछि दुईटिमबीच मैत्रीपूर्ण खेल सम्भव भएको हो । भारतले यसपटक मैत्रीपूर्ण खेलकै लागि आफ्नो पहिलो सेटकै खेलाडी पठाएको छ । सुनील क्षेत्रीको कप्तानीमा भारत नेपालविरुद्ध उत्रँदैछ । नेपाली टोलीलाई भने गोलरक्षक किरण चेम्जोङले कप्तानी गर्नेछन् । 

नेपाल र भारतबीच अहिलेसम्म १९ खेल भएका छन् । भारतले नेपालमाथि दबदबा जमाउँदै १३ खेलमा जित निकालेको छ । यता नेपालले केवल दुई खेलमा मात्र भारतलाई पराजित गरेको छ भने चार खेल बराबरीमा सकिएको छ । 

सन् २०१३ मा काठमाडौंमा आयोजित साफ च्याम्पियनसिपमानेपालले अन्तिमपटक भारतलाई हराएको थियो । त्यस खेल नेपालले भारतविरुद्ध २–१ ले जित निकालेको थियो । 

वरियतामा भारतभन्दा नेपाल कमजोर देखिन्छ । फिफा वरीयतामा भारत एक सय पाँचौँ र नेपाल एक सय ६८औँ स्थानमा छन् । 

यसै खेलबाट नेपाली टोलीका कप्तान तथा गोलरक्षक चेम्जोङलाई भारतविरुद्ध मैदानमा उत्रँदा पूर्वकप्तान विराज महर्जनको कीर्तिमान बराबरी गर्ने अवसर रहेको छ । महर्जनले नेपाली टोलीबाट सर्वाधिक ७३ क्याप जितेका छन् । यसै खेलबाट चेम्जोङले नेपाली राष्ट्रिय टोलीबाट सर्वाधिक खेल खेल्ने महर्जनको रेकर्ड बराबरी गर्दैछन् ।