२१ आश्विन २०८१, सोमबार
,
Latest
विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल भर्सेस भारतः ६ वर्षपछि आमनेसामने



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली र भारतको राष्ट्रिय टिमले आज (बिहीबार) साँझ ५ः३० बजे प्रतिस्पर्धा गर्दैछन् । 

नेपालले भारतको सिनियर टोलीसँग प्रतिस्पर्धा नगरेको ६ वर्ष बितिसकेको छ । २०१५ को मार्चमा नेपाल र भारतबीच रसिया विश्वकप छनोटअन्तर्गत प्रतिस्पर्धा भएको थियो । पहिलो लेगमा भारत २–० ले विजयी भएको थियो । दोस्रो खेलमा नेपालले भारतलाई गोलरहित बराबरीमा रोकेको थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आसन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगितालाई सहयोग पुग्ने हेतुले भारतसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल प्रस्ताव गरेको थियो । 

भारतले पनि उक्त प्रस्तावलाई स्वीकारेपछि दुईटिमबीच मैत्रीपूर्ण खेल सम्भव भएको हो । भारतले यसपटक मैत्रीपूर्ण खेलकै लागि आफ्नो पहिलो सेटकै खेलाडी पठाएको छ । सुनील क्षेत्रीको कप्तानीमा भारत नेपालविरुद्ध उत्रँदैछ । नेपाली टोलीलाई भने गोलरक्षक किरण चेम्जोङले कप्तानी गर्नेछन् । 

नेपाल र भारतबीच अहिलेसम्म १९ खेल भएका छन् । भारतले नेपालमाथि दबदबा जमाउँदै १३ खेलमा जित निकालेको छ । यता नेपालले केवल दुई खेलमा मात्र भारतलाई पराजित गरेको छ भने चार खेल बराबरीमा सकिएको छ । 

सन् २०१३ मा काठमाडौंमा आयोजित साफ च्याम्पियनसिपमानेपालले अन्तिमपटक भारतलाई हराएको थियो । त्यस खेल नेपालले भारतविरुद्ध २–१ ले जित निकालेको थियो । 

वरियतामा भारतभन्दा नेपाल कमजोर देखिन्छ । फिफा वरीयतामा भारत एक सय पाँचौँ र नेपाल एक सय ६८औँ स्थानमा छन् । 

यसै खेलबाट नेपाली टोलीका कप्तान तथा गोलरक्षक चेम्जोङलाई भारतविरुद्ध मैदानमा उत्रँदा पूर्वकप्तान विराज महर्जनको कीर्तिमान बराबरी गर्ने अवसर रहेको छ । महर्जनले नेपाली टोलीबाट सर्वाधिक ७३ क्याप जितेका छन् । यसै खेलबाट चेम्जोङले नेपाली राष्ट्रिय टोलीबाट सर्वाधिक खेल खेल्ने महर्जनको रेकर्ड बराबरी गर्दैछन् ।