२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मलेसियामा नेपाली श्रमिकको सुरक्षादेखि डिजिटल सेवासम्म खरेलका प्राथमिकता News Polar प्रस्तावित राजदुत डा. झाको योग्यता र कार्यक्षमतामाथि सत्तारुढ सांसदको प्रश्नै प्रश्न News Polar श्रीलंकासँग आर्थिक साझेदारी बलियो बनाउने राजदूत झाको प्रतिबद्धता News Polar तुलसीपुर प्रहरीका लागि ‘बडी बर्न’ क्यामेरा News Polar मतदातासूचीबाट तीन हजार ४७२ मतदाताको नाम हटाइयो News Polar वीरगन्जमा फरार प्रतिवादी प्रक्राउ News Polar कांग्रेस महाधिवेशन : आदिवासी जनजातितर्फको मतगणना सम्पन्न, बहादुर सिंह लामा तामाङ विजयी News Polar प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात News Polar राजदूत सुनारबारे प्रहरीको अभिलेखमा मिलापत्र, डिपोर्टबारे अध्यागमनसँग विवरण छैन News Polar दसैँअवधिभर काभ्रेमा टिपर सञ्चालनमा रोक News Polar ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु News Polar पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा देशभर १७ हजार ८२ व्यवसायी दर्ता News Polar चितवनमा नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar कांग्रेस खस आर्य महिला केन्द्रीय सदस्यमा भद्रा पराजुलीको अग्रता, जानुका पन्त दोस्रो News Polar भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै News Polar कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस News Polar छेपारे पहिरोको पीडाः ‘न बच्यो साहारा, न रह्यो बास’ News Polar भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा News Polar वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

नेपाल र भारतको मैत्रीपूर्ण खेलः घरेलु मैदानमा नेपाललाई जितको दबाब

नेपाल र भारतको मैत्रीपूर्ण खेलः घरेलु मैदानमा नेपाललाई जितको दबाब
अ अ+ अ-

काठमाडौं । दोस्रो दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साफ) मा नेपाल र भारतबीच पहिलो पटक फुटबलमा सन् १९८५ डिसेम्बर २१ मा प्रतिस्पर्धा भएको थियो । बङ्गलादेशको ढाकास्थित बंगबन्धु रङ्गशालामा भएको उक्त खेलमा भारतले नेपाललाई २–० गोलअन्तरले पराजित गरेको थियो । नेपाली टोलीको सुरुआत सुखद् रहेन । त्यसयता नेपाल र भारतबीच फुटबलमा १९ पटक भिडन्त भएको छ । 

भारत १३ पटक विजयी भएको छ भने नेपालले दुई चोटी मात्र जित निकाल्न सक्यो । तीन खेलमा दुवै टोलीले बराबरी खेलेका थिए । समग्रमा नेपाली टोली भारतसामु निरिह सावित भएको छ । विश्व फुटबल महासङ्घ (फिफा) बरियताअनुसार पनि नेपालभन्दा भारत फुटबलमा निकै अब्बल देखिन्छ । फिफा बरियताअनुसार भारत १०५ औँ स्थानमा छ भने नेपाल १६८ स्थानमा छ । 

हालसम्म भारतसितको फितलो प्रदर्शनका बाबजुद पनि आज साँझ ५ः३० बजे घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो मैत्रीपूर्ण खेलमा नेपाली टोली जितको दाउमा छ । घरेलु मैदानका साथै घरेलु दर्शकलाई जितका साथ भरपुर आनन्द दिने लक्ष्यका साथ नेपाली टोली मैदानमा प्रवेश गर्ने छ । भारतसितको हालसम्म गरेको प्रदर्शनको तथ्याङ्कलाई गलत सावित गर्ने योजना मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बनाउनुभयो । 

बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा समेत उहाँले नेपालीलाई खुशी बनाउनका लागि मात्र होइन् गर्व गर्न लायक प्रदर्शन गर्ने वाचा गर्नुभएको छ । प्रशिक्षक अलमुताइरीको वाचाले पनि नेपाली टोलीको उत्साह बढेको पाइन्छ । प्रशिक्षक अलमुताइरीले भारतसितका दुवै मैत्रीपूर्ण खेल नेपालले जित्नकै लागि खेल्ने बताउनुभयो । 

नेपाली टोलीका कप्तान किरणकुमार चेम्जोङ पनि भारतसितका दुवै खेलमा नेपालले जित हासिल गर्नेमा ढुक्क हुनुहुन्छ । युवा टोलीले हालसम्मकै उत्कृष्ट प्रदर्शन गर्नेमा उहाँ आशावादी हुनुहुन्छ । भारतीय टोलीमा पनि अधिकांश खेलाडी नयाँ भएको चेम्जोङलाई हेक्का छ । त्यसैले पनि उहाँको मनोबल उच्च भएको पाइन्छ । 

नेपाली टोलीका लागि टाउको दुखाइ भारतीय कप्तान सुनिल क्षेत्री बन्नुभएको छ । नेपाली मुलका ३६ वर्षीय क्षेत्री विश्वमै नाम कमाएका कीर्तिमानी खेलाडी हुनुहुन्छ । उहाँ अन्तर्राष्ट्रिय खेलमा धेरै गोल गर्नेमा अग्रस्थानमा हुनुहुन्छ । क्षेत्रीले ११८ खेलमा ७४ गोल गर्नुभएको छ । त्यसैले नेपाली टोलीको लक्ष्य क्षेत्रीलाई रोक्नेमा बढी केन्द्रित देखिन्छ । क्षेत्रीले नेपालसितका आठ खेलमा पाँच गोल गर्नुभएको छ । भारतीय टोली क्षेत्रीका साथै अनिरुध थापा, ब्रान्डन फर्नान्डज, प्रितम कोटललगायत खेलाडीमाथि निर्भर रहने छ भने नेपालका लागि सन्तोष तामाङ, अनन्त तामाङ, पुजन उपरकोटी, अन्जन विष्टलगायत भरपर्दा खेलाडी हुनुहुन्छ । नेपालसित किरणकुमार चेम्जोङजस्ता दक्षिण एसियाकै उत्केष्ट गोलकिपर हुनुहुन्छ । त्यसैले नेपाली टोलीको मनोबल उच्च छ । 

नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबलका लागि अन्तिम समयमा आएर दर्शकलाई मैदानमा प्रवेश गरी अवलोकन गर्ने अनुमति दिइएको छ । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० का अध्यक्ष कर्माछिरिङ शेर्पाले दर्शकलाई मैदान प्रवेशका लागि काठमाडौँ जिल्ला प्रशासन कार्यालय र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९सिसिएमसी०ले अनुमति दिएको जानकारी दिनुभयो । दर्शकले मैदानमा प्रवेशका लागि एन्फाले बुधबार मात्र अनुमति पत्र पाएको हो । नेपाल र भारतबीचको पहिलो खेलका लागि पाँच हजार १०० दर्शकले मैदान प्रवेशको अनुमति पाउनुभएको छ । दर्शकलाई मैदान प्रवेशको अनुमतिले पनि नेपाली टोलीको उत्साह बढेको अध्यक्ष शेर्पा बताउनुहुन्छ । 

नेपाल र भारतबीच सन् १९८७ डिसेम्बर २३ मा दोस्रो दक्षिण एसियाली खेलकुदमा दोस्रो पटक प्रतिस्पर्धा भएको थियो । भारतको कोलकातामा भएको उक्त खेलमा भारतले नेपाललाई २–० गोलअन्तरले हराएको थियो । सन् १९८९ अक्टोबर २३ मा पाकिस्तानमा भएको साफ खेलमा नेपाल भारतसित २–१ गोलले हार बेहोर्न पुग्यो । उक्त खेलमा नेपालका लागि मणि शाहले पहिलो गोल गर्नुभएको थियो । 

यस्तै सन् १९९३ जुलाई १९ मा पाकिस्तानको लाहोरमा सम्पन्न साफ च्याम्पियनसिपमा भारतले नेपाललाई १–० गोलले हराएको थियो । सन् १९९३ डिसेम्बर २६ मा बङ्गलादेशको ढाकामा सम्पन्न दक्षिण एसियाली खेलकुदमा नेपालले भारतलाई टाइब्रकरमा ४–३ गोलले जितेको थियो । निर्धारित र अतिरिक्त समयमा पनि दुवै टोलीबाट दुई÷दुई गोल मात्र हुन सकेको थियो । नेपालले भारतलाई पहिलो पटक हराउन सफल भएको थियो । नेपालका तर्फबाट उमेश प्रधान र मणि शाहले गोल गर्नुभएको थियो । त्यसअघिको सेमिफाइनल खेलमा दुवै टोलीले दुई÷दुई गोलको बराबरी खेलेको थियो । 

यसैगरी सन् १९९५ डिसेम्बर २५ मा भारतको मद्रासमा भएको साफ खेलमा भारतले नेपाललाई ३–० गोलले पराजित गरेको थियो भने सन् १९९८ डिसेम्बर ५ मा थाइलेण्डको बैंककमा भएको एसियाली खेलकुदमा भारतले नेपाललाई १–० गोलले हराएको थियो । सन् १९९९ सेप्टेम्बर ३० मा काठमाडौँमा भएको आठौँ दक्षिण एसियाली खेलकुदमा भारतले नेपाललाई ४–० गोलअन्तरले हराएको थियो । सन् २००५ डिसेम्बर १८ मा पाकिस्तानको कराँचीमा सम्पन्न साफ च्याम्पियनसिपमा भारतले नेपाललाई २–१ गोलले हराएको थियो । सो खेलमा नेपालका लागि बसन्त थापाले गोल गर्नुभएको थियो । 

यस्तै सन् २००६ अप्रिल ९ मा बङ्गलादेशमा भएको एएफसी च्यालेन्ज कपमा भारतलाई नेपालले ३–० गोलले हराएको थियो । नेपालका लागि प्रदीप महर्जनले दुई तथा वसन्त थापाले एक गोल गर्नुभएको थियो । सन् २००८ जुन ३ मा माल्दिभ्सको मालेमा सम्पन्न साफ च्याम्पियनसिपमा भारतले नेपाललाई ४–० गोलले तथा सन् २००९ डिसेम्बर ७ मा बङ्गलादेशमा सम्पन्न साफ च्याम्पियनसिपमा भारतले नेपाललाई १–० गोलले पराजित गरेको तथ्याङ्क छ । 

यस्तै सन् २०१२ अगष्ट ५ मा भारतको नयाँ दिल्लीमा भएको नेहरू कपमा दुवै देशले गोलरहित बराबरी खेलेका थिए । सन् २०१३ सेप्टेम्बर पाँचमा काठमाडौँमा सम्पन्न साफ च्याम्पियनसिपमा नेपालले भारतलाई २–१ गोलले हराएको थियो । उक्त खेलमा जुमानु राई र अनिल गुरुङले गोल गर्नुभएको थियो । सन् २०१३ नोभेम्बर १९ मा भारतको पश्चिम बंगालको सिलिगुढीमा आयोजना गरिएको मैत्रीपूर्ण खेलमा भारतले नेपाललाई २–० गोलले पराजित गरेको थियो । 

यसैगरी सन् २०१५ मार्च १७ मा काठमाडौँमा सम्पन्न खेलमा नेपालले भारतसित गोलरहित बराबरी खेलेको थियो भने सन् २०१५ अगष्ट ३१ मा भारतको पुनामा भएको मैत्रीपूर्ण खेलमा पनि दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । यस्तै सन् २०१५ डिसेम्बर २७ मा भारतको त्रिवेन्द्रममा सम्पन्न साफ च्याम्पियनसिपमा भारत ४–१ गोलले विजयी भएको थियो । उक्त खेलमा नेपालका लागि विमल घर्तीमगरले गोल गर्नुभएको थियो । सन् २०१७ जुन सातमा भारतको मुम्बईमा भएको मैत्रीपूर्ण खेलमा भारतले नेपाललाई २–० गोल अन्तरले हराएको थियो । 

नेपाली टोली भारतसित छ वर्षपछि भिड्दै छ । भारतले नेपालको गोलपोष्टमा ३३ गोल गरेको छ भने नेपालले भारतको पोष्टमा नौ गोल मात्र गर्न सकेको छ । एन्फाले दर्शक मैदानमा प्रवेशका लागि आज रङ्गशालाका पाँचवटै प्रवेशद्वार खुला गरिने जनाएको छ । नेपाल सरकार र विश्व फुटबल महासङ्घ (फिफा)ले तोकेका सबै मापदण्ड पूरा गरेर मात्र दर्शकलाई मैदानमा प्रवेश गर्न दिइने छ । नेपालसित मैत्रीपूर्ण खेल खेल्न मुख्य प्रशिक्षक इगोर स्टिमाकसहितको २५ सदस्यीय भारतीय टोली सोमबार काठमाडौँ आइपुगेको हो । 

एन्फाका अनुसार भारतसितको मैत्रीपूर्ण खेलपछि नेपाली टोली दक्षिण एसियाली फुटबल प्रतियोगिता ९साफ०को तयारी गर्न कतारको दोहा जाने छ । नेपाली टोली यही भदौ २५ गते दोहा प्रस्थान गर्ने तय भएको छ । साफ च्याम्पियनसिप आगामी असोज असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा आयोजना हुँदै छ । – विक्रम गिरी (रासस)