५ श्रावण २०८३, मंगलवार
,
Latest
गड्यौला मलले बदलिँदै तुलसीपुरका किसानको दैनिकी, बढ्दै प्राङ्गारिक खेतीको आकर्षण आइएमईद्वारा बीवाईडी एट्टो १ ईभी विजेतालाई पुरस्कार हस्तान्तरण साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबीच सहकार्य एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन कीर्तिपुरमा आगलागी भएको गाडीबाट पुरुषको शव बरामद वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव वैदेशिक रोजगारका ४० हजारभन्दा बढी पुराना फाइल डिजिटलाइज गरिँदैः ठगी शुन्यमा झार्ने श्रममन्त्रीको उद्घोष
तपाईं के खोज्दै हुनुहुन्छ ?

किरणको मैदानमै ‘इन्गेजमेन्ट’



अ+ अ-

काठमाडौँ । नेपाली फुटबल टिमका पूर्वकप्तान किरण चेम्जोङले माल्दिभ्समा लिग उपाधि जितेपछि आफ्नी प्रेमिकालाई मैदानमै औँठी लगाइदिएर आफ्नो प्रेम दर्शाएका छन् । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका उनले फाइनल जितपछि विशेष तरिकाले खुशियाली मनाए । उनले उपाधि जितेपछिको सेलिब्रेसनमा आफ्नी प्रेमिका कञ्चन निरौलालाई पनि सहभागी गराए ।

उपाधिसहित टिमले फोटोसेसन गर्ने क्रममा किरणले प्रेमिका कञ्चनलाई हात समातेर लगेका थिए । त्यसपछि उनले रोमाञ्टिक शैलीमा एउटा घुँडा टेकेर कञ्चनलाई औँठी लगाइदिएर बिहेको प्रस्ताव गरे । टिमको अगाडि नै किरणले यसरी प्रेम दर्शाउँदा कञ्चन निकै लजाएकी थिइन् । लामो समयदेखिको किरण र कञ्चनको प्रेमले सोमबारदेखि औपचारिकता पाएको छ ।

किरण सहभागी माजिया स्पोट्र्स एन्ड आरसीले माल्दिभ्सको धिवेही प्रिमियर लिग उपाधि जितेको थियो । सोमबार भएको फाइनल खेलमा क्लब इगल्सलाई ५–० ले हराउँदै माजिया लिग च्याम्पियन बनेको हो । माजियाको जितमा महत्वपूर्ण भूमिका खेलेका किरणले यस सिजनकै सर्वोत्कृष्ट गोलकिपरको उपाधि पाए ।