२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

किरणको मैदानमै ‘इन्गेजमेन्ट’



अ+ अ-

काठमाडौँ । नेपाली फुटबल टिमका पूर्वकप्तान किरण चेम्जोङले माल्दिभ्समा लिग उपाधि जितेपछि आफ्नी प्रेमिकालाई मैदानमै औँठी लगाइदिएर आफ्नो प्रेम दर्शाएका छन् । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका उनले फाइनल जितपछि विशेष तरिकाले खुशियाली मनाए । उनले उपाधि जितेपछिको सेलिब्रेसनमा आफ्नी प्रेमिका कञ्चन निरौलालाई पनि सहभागी गराए ।

उपाधिसहित टिमले फोटोसेसन गर्ने क्रममा किरणले प्रेमिका कञ्चनलाई हात समातेर लगेका थिए । त्यसपछि उनले रोमाञ्टिक शैलीमा एउटा घुँडा टेकेर कञ्चनलाई औँठी लगाइदिएर बिहेको प्रस्ताव गरे । टिमको अगाडि नै किरणले यसरी प्रेम दर्शाउँदा कञ्चन निकै लजाएकी थिइन् । लामो समयदेखिको किरण र कञ्चनको प्रेमले सोमबारदेखि औपचारिकता पाएको छ ।

किरण सहभागी माजिया स्पोट्र्स एन्ड आरसीले माल्दिभ्सको धिवेही प्रिमियर लिग उपाधि जितेको थियो । सोमबार भएको फाइनल खेलमा क्लब इगल्सलाई ५–० ले हराउँदै माजिया लिग च्याम्पियन बनेको हो । माजियाको जितमा महत्वपूर्ण भूमिका खेलेका किरणले यस सिजनकै सर्वोत्कृष्ट गोलकिपरको उपाधि पाए ।