१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

काँग्रेस, माओवादीलाई एमालेका तीन सर्त, कसले गर्ला पूरा ?

काँग्रेस, माओवादीलाई एमालेका तीन सर्त, कसले गर्ला पूरा ?
अ अ+ अ-

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का कारण पाँच दलीय गठबन्धन यतिबेला अप्ठारो अबस्थावाट गुज्रिएको छ । पाँचदल मध्ये भने नेपका माओबादी केन्द्र, नेकप एकिमृत समाजबादी र जसपा उपेन्द्र यादब पक्षले प्रधानमन्त्री शेरबहादुर देउवाले अगाडी बढाउनु भएको एमसीसीको प्रस्ताबलाई समर्थन जनाउने वा सत्ता र गठबन्धनबाट बाहिरिने निर्णय कुनै पनि बेला गर्नुपर्ने अबस्था आईपुगेको छ । आठ महिना अघि बाट राजनीतिक को रिङ बाहिर रहेको प्रमुख प्रतिपक्षीदल नेकपा एमाले फेरी निर्णायकबिन्दुमा पुगेको छ । 

जसका लागि नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्रले बिगतको तिक्तता छाड्दै सहयोगको लागि हात बढाईरहेका छन् । राजनीतिका चतुर खेलाडी  एमाले अध्यक्ष केपी ओलीले बर्तमान गठबन्धन टुटाउने राम्रो अस्त्र फेला पार्नुभएको छ । जसका कारण उहाँले निरन्तर सम्वादमा रहेको कांग्रेस र माआबादी केन्द्रलाई आफ्ना शर्तहरु सार्नुभएको छ । ओलीले नेपाली काग्रेस समक्ष तीन बुदे सर्त राख्नु भएको छ । जसमा सभामुख अग्नि सापकोटा  हटाउनुपर्ने, नेकपा एसका १४ जना सांसद निष्कासन गर्नुपर्ने र सदनमा भाग लिने अवस्था बनेपछि एमसीसीसहितका बिषयमा पोजिसनसहित प्रस्तुत हुने । 

यसमा काग्रेसका नेताहरु केही हद सम्म सकारात्मक बनेका छन् । उनीहरु आन्तरिक बिषयलाई मिलाउदै सहमतिमा एमसीसी पास गर्न प्रस्ताब गर्दै आएका छन् । उनीहरुले एमसीसी पास नगर्दा अन्तराष्ट्रिय रुपमा राम्रो सन्देश नजाने भएकाले यसमा एमालेले सहयोग गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

यसैगरी एमााले माओबादी केन्द्रसंग पनि तीन ओटा नै शर्त सारेको छ । जसमा नेकपा एसका १४ जना सासद निष्कासनको सूचना जारी गर्नुपर्ने, सभामुखले राजीनामा दिनुपर्ने, नेकपाकालमा अध्यक्ष ओलीविरुद्ध दाहालले लगाएको १९ पृष्ठ को आरोप फिर्ता लिनुपर्ने । 

यसमा पनि  माओवादी केन्द्रले पनि एमालेसंग अरु बिषयलाई थाती राखेर एमसीसीबारे साझा धारणा बनाएर जाउँ भन्दै प्रसताब राखेको छ । प्रमुख तीन दलको रस्साकस्सीमा नेकपा एकिकृत समाजबादी , जसपा उपेन्द्र यादब पक्ष  पुरै रिङ बाहिर परेको छ भने राष्ट्रिय जनमोर्चा त "प्राबिधिक" रुपमा मात्र गठबन्धनमा रहको छ उसको खासै कुनै भूमिका नै देखिएको छैन । 

आफुले अगाडी सारेको काम गर्न जुन सुकै जोखिम उठाउन तयार हुने स्वभावका प्रधानमन्त्री देउवाले कुनै पनि बेला एमालेको माग सम्बोधन गरेर अघि बढ्न सक्ने आकंलन पनि उत्तिकै छ । किनकी एमालेका माग  पूरा गर्दा राजनीतिक रुपमा कांग्रेसलाई खासै कुनै घाटा हुदैन । तर एमालेको माग बारे माओवादीकेन्द्रले केही पनि गर्न नसक्ने अबस्था रहेको छ । नेपालको राजनीतिमा प्राय अन्तिम अबस्थामा नै दलहरुबीच सहमति हुने परम्परा अनुुसार नै सभ्मवत: आईतबार सम्मका कुनै न कुनै रुपमा दलहरु बीच सहमति हुन सक्छ ।

उता  माओबादी केन्द र एकिकृत समाजबादी  पनि बिपक्षमा नै रहेर  एमसीसी पास गर्ने प्रयत्नमा छ । उ पनि सत्ता र गठबन्धन छाड्न मनै देखी तयार छैन । तर पछिल्ला दिनमा गठबन्धन भित्र भन्दा पनि प्रमुख प्रतिपक्षसंग एमालेको सामिप्यता ले त्यो सम्भावना न्युन भएको छ ।  जसका कारण गठबन्धनका नेताहरु एकले अर्कालाई दलालको रुपमा सार्बजनिक रुपमा नै आरोप प्रत्यारोपमा उत्रिसकेका छन भने एमालेसंग ठूला दल मिलेर राष्ट्रलाई निकास दिनुपर्ने कुरालाई सकारात्मक रुपमा बताउन थालेका छन् ।