६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

महंगी र भ्रष्टाचारबिरुद्ध दर्केझरीमा एमालेको बिरोध प्रदर्शन – फोटो फिचर



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले महंगी र भ्रष्टाचारबिरुद्ध बिरोध प्रदर्शन गरेको छ ।

गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यवस्तुको चर्को मूल्यवृद्धिका साथै हरेक क्षेत्रमा महंगीका कारण नागरिकको जीवन कष्टकर बनिरहेको विषयलाई लिएर आज एमालेले बिरोध प्रदर्शन गरेको हो ।

जन प्रदर्शनमा पार्टीका काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर) उपत्यका विशेष प्रदेश, सम्पर्क कमिटी, जनवर्गीय सङ्गठन, सांसदहरू, पार्टीको केन्द्रिय विभागको सहभागिता छ । प्रदर्शनमा उत्रिएकाहरुले विभिन्न ब्यानर, ग्याँस सिलिण्डर बोकेर बिरोध जनाएका छन् ।

प्रदर्शनकारीहरुले परमादेशी सरकार मुर्दावाद, परमादेशी सरकार चाहिँदैन, भ्रष्टाचार गर्न पाइँदैन, भ्रष्टाचार नियन्त्रण गर्, भ्रष्टाचारीलाई कारबाही गर् लगायतका नारा लगाएका थिए । वर्तमान सरकारले भ्रष्टाचार र बेथिति बढेको भन्दै भ्रष्टाचारबिरुद्ध बिरोध गरेको हो ।