२४ असार २०८३, बुधबार
,
Latest
अफगानिस्तानमा पहिलो द्रुत डीएनए फोरेन्सिक प्रणाली सुरु गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उर्जा र पर्यटन मन्त्रीद्वारा ‘हेलो सरकार’को अवलोकन चीनद्वारा एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चेतावनी विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी संविधान संशोधनमा दलित अधिकारलाई प्राथमिकता दिन आग्रह हुलाक सेवाको विस्तारसँगै मकवानपुरमा घरमै राहदानी करेन्ट लागेर कर्मचारीको मृत्यु नारायणी अस्पतालमा लामो समयददेखि जडान हुन नसकेको क्याथ ल्याब जडानको अन्तिम चरणमा पार्टीले संसदीय दलको नेता हटाउने विषयलाई अपव्याख्या गरियोः गणेश पराजुली धरानबाट दश जना विचौलिया पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा झिनो अङ्कको बृद्धि



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार कारोबार मापक नेप्से परिसूचक १.१५ अङ्कले उकालो लागेर दुई हजार १९६.२५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.९४ अङ्कले उकालो लागेर ४२१.१४ मा पुगेको छ ।

नेप्सेमा झिनो अङ्कको बृद्धि भए पनि कारोबार रकम भने उकालो लागेको छ । कूल २१७ कम्पनीको एक करोड पाँच लाख १८ हजार ७१२ कित्ता शेयर रु चार अर्ब ६७ करोड सात लाख ९८ हजार ७५६ मूल्यमा खरिद बिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३१ खर्ब ३६ अर्ब ११ करोड सात लाख २० हजार बराबर रहेको छ ।

उतारचढावपूर्ण कारोबारकाबीचमा कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्यमा वृद्धि भयो भने आठ उपसमूहको शेयर मूल्यमा भने गिरावट देखियो । बैंकिङ ५.७, व्यापार ७६.२२, जलविद्युत् १८.३७, उत्पादन १०९.१८ र लगानी ०.५३ अङ्कले उकालो लाग्यो । यस्तै, होटल ६०.८७, विकास बैंक ५९.४२, वित्त १.९९, निर्जीवन बीमा १९.७७, अन्य १०.८५, लघुवित्त ५८.६८, जीवन बीमा १९.५२ र सामूहिक लगानी कोष ०.०६ अङ्कले उकालो लाग्यो ।

नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु ३८ करोड ३१ लाख ११ हजार बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी रु १६ करोड २७ लाख ७३ हजार ५३४, एचआइडिसिएल रु १३ करोड ७६ लाख ७० जार ७०४, अपि पावर कम्पनी रु १२ करोड ९१ लाख ८९ हजार ५६४ र अरुण भ्याली हाइड्रोपावर रु १२ करोड ८९ लाख ८६ हजार ६१८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार बुटवल पावर कम्पनी ६.९५, सिटिजन म्युचुअल फन्ड दोस्रो ६.४५, गुडबिल फाइनान्स ६.२३, दोर्दी खोला जलविद्युत् कम्पनी ५.५७ र एचआइडिसिएलका लगानीकर्ताले ५.०७ प्रतिशतले कमाए । स्वाभिमान लघुवित्त ५.२१, स्ट्यान्डर्ड चार्टर्ड बैंक ४.७१, सूर्योदय बोमी लघुवित्त ४.०९, कृषि विकास बैंकको ऋणपत्र ३.९६ र विन नेपाल लघुवित्तका लगानीकर्ताले ३.७८ प्रतिशतले गुमाए ।