काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्रिपरिषद् विस्तार बारे भदौ २२÷२३ गतेसम्म त कसैले पनि चुइँक्क नगर्ने बताउनु भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग छलफल गरेर बाहिरिने क्रममा माओबादी दलको कार्यलय परिसरमा सञ्चारकर्मीहरु संग नेपालले भन्नुभयो '२२-२३ गतेसम्म त कसैले पनि चुइँक्क गर्दैन ।’
एमालेबाट बाहिरिएर नया दल नेकपा (एस) गठन भएको र २१ दिन सम्म जनप्रतिनिधिहरुले दल छान्ने समय रहेको कारण त्यो अबधीसम्म मन्त्रिपरिषद् विस्तार नगर्ने रणनीतिमा नेपाल रहनु भएको छ I सबैलाई मन्त्री बनाउन नसक्ने अबस्था भएका कारण फेरी दल बिभाजन गर्न सक्ने वा एमालेमा फर्कन सक्ने अबस्था रहेका कारण कानूनी बाटो थुनेर मात्र मन्त्रिपरिषद् विस्तार गर्न लागिएका हो ।