१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

परासी–नारायणचोक हुलाकी सडक: तेस्रोपटकको म्याद सकिँदै

परासी–नारायणचोक हुलाकी सडक: तेस्रोपटकको म्याद सकिँदै
अ अ+ अ-

परासी I निर्माण कम्पनीको लापरवाहीका कारण राष्ट्रिय गौरवको आयोजना हुलाकी सडक निर्माणले तीव्रता नपाउँदा लामो समयदेखि स्थानीयवासीले सास्ती पाएका छन् । सडक निर्माणमा ढिलासुस्ती हुनुका साथै गुणस्तरीय नभएको सर्वसाधारणको गुनासो छ । 

नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को परासी–नारायणचोक हुलाकी सडक निर्माणमा ढिलासुस्ती हुँदा धुलो र खाल्डाखुल्डीले सर्वसाधारण आजित बनेका छन् । सडक निर्माणमा निर्माण कम्पनीको चरम लापरवाही देखिएको जिल्ला समन्वय समितिका प्रमुख शिवशङ्करप्रसाद राय बताउनुहुन्छ । जनगुनासो धेरै आएपछि स्थलगत अनुगमनमा पुग्नुभएका प्रमुख रायले भन्नुभयो, “सडकमा गरिएको कालोपत्रको विषयमा धेरै गुनासो आएको छ, गुणस्तरीय नभएकाले यसको टिकाउमा प्रश्न उब्जेको छ, निर्माण पनि धेरै सुस्त देखियो, धुलो उडिरहेको छ, पानी हालिएको छैन ।”

तेस्रोपटक थपिएको म्यादसमेत गुज्रन लाग्दा हुलाकी सडक अधुरै छ । आगामी चैत मसान्तभित्र म्याद सकिँदैछ । निर्माणकार्य धेरै बाँकी रहेकाले तोकिएको समयमा सम्पन्न हुनेमा स्थानीयवासी विश्वस्त छैनन् । कञ्चनजङ्गा–बिरुवा शिवशक्ति जेभी कन्स्ट्रक्शनले निर्माणको जिम्मा पाएको उक्त सडक १३ किलोमिटर दूरीको छ । विसं २०७३ मा ठेक्का भई निर्माण सुरु भएको यो सडक दुई वर्षभित्र सम्पन्न भइसक्नुपर्ने थियो । तर निर्माण कम्पनीले नदीजन्य पदार्थको अभाव, कोरोना महामारीलगायतका कारण देखाउँदै ढिलासुस्ती गर्दै आएको छ । 

सुरुमा सडक डिभिजन कार्यालय बुटवलअन्तर्गत ठेक्का भए पनि पछिल्लो दुई वर्षदेखि यो सडक हुलाकी राजमार्ग आयोजना कार्यालय कपिलवस्तुलाई हस्तान्तरण भएपछि मात्र कामले तीव्रता पाएको निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर रञ्जनकुमार ठाकुर बताउनुहुन्छ । सुरुमा सडक डिभिजनसँग समन्वय अभावले काम गर्न नसकिएको, कोरोना महामारी र चिसो मौसम तथा पानी परेका बेला कालोपत्र गर्न नमिल्ने भएकाले पनि केही ढिला भएको उहाँको भनाइ छ । 

“कोरोना महामारीका कारण काम अघि बढाउन सकिएन तर अहिले ९० प्रतिशत काम सकिएको छ, अब ६०० मिटर कालोपत्र, फुटपाथ, ब्लक बिछ्याउने र इनामेल पेन्ट गर्ने काम मात्र बाँकी छ, कच्चा पदार्थ अभाव छ, हामी तोकिएकै समयमा निर्माण सम्पन्न गर्न लागिपरेका छौँ”, उहाँले भन्नुभयो । सडकखण्डअन्तर्गत पर्ने कल्भर्ट र पुल छेउछाउ १०० मिटरभन्दा बढी कालोपत्र नगरी छाड्दा त्यहाँ रहेका ठूलाठूला खाल्डाखुल्डीले दुर्घटना हुने गरेको यात्रुको गुनासो छ । कालोपत्र सकिन नपाउँदै ठाउँठाउँमा भत्किएको छ । पक्की नगरी छाडिएको खण्डमा पानी नहाल्दा धुलोले यात्रु र स्थानीयवासीले सास्ती पाउँदै आएका छन् । 

सडकका दायाँबायाँ पेटी व्यवस्थित गरिएको छैन । सहरी क्षेत्रमा नाला निर्माण गरिए पनि निकास र ढक्कन राखिएको छैन । तीन किलोमिटर फुटपाथ निर्माण हुनै बाँकी छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले सडक निर्माणमा ढिलासुस्तीसँगै गुणस्तर नभएको गुनासो आएकाले गुणस्तर भए÷नभएको हेर्ने काम भइरहेको बताउनुभयो । बाटो निर्माण हुँदै गर्दा भत्किनु सामान्य विषय नभएकाले यस विषयमा निर्माण कम्पनीसँग बुझ्ने र गुणस्तरहीन भएमा कारबाहीका लागि निर्देशन दिने उहाँले बताउनुभयो । स्थलगत अनुगमन गरी सडक निर्माणमा देखिएका कमीकमजोरी सुधार गर्न निर्माण कम्पनीलाई निर्देशन गरिएको प्रजिअ मिश्रले बताउनुभयो । 

हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुका योजना प्रमुख विष्णुबाबु पाण्डेले तोकिएकै समयमा निर्माण सम्पन्न गर्न र गुणस्तरीय बनाउन निर्माण कम्पनीलाई ताकेता गरिएको बताउनुभयो । यो सडकको ठेक्का पुरानो रहेको र चिपसिल प्रविधिबाट बनिरहेकाले अस्फाल्ट प्रविधिको जस्तो चिल्लो कालोपत्र नहुने भन्दै उहाँले भन्नुभयो, “यो गुणस्तरहीन होइन, प्रविधि नै यस्तो हो, सवारीसाधन कम गुड्ने सडकमा यो प्रविधिबाट कालोपत्र गरिन्छ ।” एघार मिटर चौडाइ रहेको र साढे सात मिटरमा कालोपत्र गरिएको योजना प्रमुख पाण्डेले जानकारी दिनुभयो । हुलाकी राजमार्ग योजना कार्यालयको निगरानी र अनुगमन नहुँदा सडक निर्माणमा निर्माण कम्पनीले लापरवाही गरेको स्थानीयवासीको गुनासो छ ।रासस