१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

ढोरपाटनमा सुरु भयो सिकारयाम

ढोरपाटनमा सुरु भयो सिकारयाम
अ अ+ अ-

बागलुङ । ढोरपाटन सिकार आरक्षमा यस वर्षको दोस्रो सिकारयाम सुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस यामका लागि नौ नाउर र सात झारलको सिकार कोटा तोकेको छ । प्रतिस्पर्धाबाट सिकार गराउन विभागले बुधबार दरभाउपत्र आह्वान गरेको आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिनुभयो । सिकार खेलाउन इच्छुक कम्पनीले १५ दिनभित्रमा विभागमा दरभाउपत्र बुझाउने छन् ।

बोलपत्रको प्रक्रियाबाट छानिएपछि मात्र कम्पनीले सिकारका लागि अनुज्ञापत्र पाउने प्रमुख संरक्षण अधिकृत कँडेलको भनाइ छ । गत सिकारयाममा नेपाल ट्राभल एक्पिडिशन, हिमालयन वाइल्ड लाइफ आउटफिटर, ट्र्याक एण्ड ट्रेल्र्स, हिमालयन सफारिज र ग्लोबल सफारिजले सिकार खेलाएको थियो ।

यसपालि पनि यिनै कम्पनीबीच प्रतिस्पर्धा हुने ग्लोबल सफारिज नेपालका प्रबन्ध निर्देशक शम्सेर पराजुलीले बताउनुभयो । बोलपत्रमा हुने प्रतिस्पर्धापछि बल्ल कम्पनीले पाउने सिकारको कोटा र दर थाहा हुन्छ । सिकार कम्पनीबीच बोलपत्रमा हुने प्रतिस्पर्धाका आधारमा सिकारको राजस्व दर घटबढ हुने गर्छ । 

कुनै याममा सिकारको माग कम आउँदा कम्पनी प्रतिस्पर्धा गर्न चाहन्नन् । माग बढी हुँदा भने सीमित कोटाका लागि प्रतिस्पर्धा बढ्छ र कम्पनी पनि बढी राजस्व तिर्न तयार हुन्छन् । तीन वर्षअघि (फागुन–वैशाख) को याममा एउटा नाउर सिकारको रु १३ लाख ५१ हजार र झारल सिकारको रु १३ लाख ५० हजारसम्म राजस्व बुझाउन कम्पनी तयार भएका थिए ।

आरक्षमा वर्षेनी (असोज–मङ्सिर), (फागुन–वैशाख) गरी दुई याममा नाउर र झारलको सिकार खुला हुन्छ । विभागले दुवै याममा गरी वर्षमा जम्मा २० नाउर र ११ झारलको सिकार कोटा निर्धारण गर्ने गर्छ । गत सिकारयाममा १० नाउर र छ झारलको सिकार कोटा छुट्याइए पनि नौ नाउर तथा तीन झारलको मात्र सिकार गरिएको थियो ।

अनुमति पाएर पनि सिकारी नआएपछि सिकार कम भएको हो । यस याममा भने विदेशी सिकारी ढोरपाटन आउन आतुर रहेको ग्लोबल सफारिजका प्रबन्ध निर्देशक पराजुलीले बताउनुभयो । महामारीको जोखिम न्यून हुँदै जाँदा विदेशीहरू साहसिक र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन आउन उत्सुक देखिएका हुन् । 

कोभिड–१९ को प्रकोपले यात्रामा प्रतिबन्ध लाउँदा गएका केही याममा ढोरपाटनमा सिकार नै हुन सकेन । बोलपत्र टुङ्गिएपछि पेशेवर विदेशी सिकारी, कम्पनीका प्रतिनिधिसहितको टोली सिकार खेल्न स्थलमा आउने आरक्ष कार्यालयले जनाएको छ । 

हरेक वर्ष फागुन दोस्रो हप्तातिरबाट आरक्षमा यस यामको सिकार खेल्न सुरु हुन्छ । छनोटमा परेका कम्पनीले वैशाख अन्त्यसम्ममा सिकार खेलाउँछन् । “विभागले निर्धारित गरेको ब्लकमा पुगेर कम्पनीलाई तोकिएअनुसारको सङ्ख्यामा नाउर र झारलको सिकार खेलाउने गरिन्छ”, प्रबन्ध निर्देशक पराजुलीले भन्नुभयो । 

विसं २०३९ मा स्थापना भएको आरक्ष देशकै एकमात्र वैधानिक सिकार गन्तव्य हो । सिकार खेलाएर आरक्षले वर्षेनी करोडौँ राजस्व राज्यको ढुकुटीमा योगदान गर्दै आएको छ । व्यवस्थित सिकारका लागि आरक्षभित्र सुर्तिबाङ, फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी सात ‘ब्लग’ तोकिएको छ । सिकारका लागि रुस, अमेरिका, क्यानाडा, नर्वे, जर्मनीलगायत देशबाट तालिमप्राप्त सिकारी ढोरपाटन आउँछन् । सिकारी, आरक्ष कार्यालय तथा कम्पनीका प्रतिनिधि, भरिया र पथप्रदर्शकसहितको टोलीले १५ दिन आरक्षमा बिताउँछन् ।

सिकार पर्यटनका लागि विश्वमै प्रख्यात ढोरपाटन सौखिन र खर्चिला विदेशी सिकारीको रोजाइमा पर्ने गरेको छ । एउटै सिकारीले रु ३० देखि ३५ लाखसम्म सिकारमा खर्चन्छन् । सिकारीहरू हेलिकोप्टरबाट आरक्ष पुग्छन् । एक हजार ३२५ वर्गकिमीमा फैलिएको आरक्ष बागलुङ, म्याग्दी र रुकुम जिल्लाको उच्च पहाडी तथा हिमाली भू–भागमा पर्छ । रासस