४ असार २०८३, बिहीबार
,
Latest
मनसुन विपद्का लागि सरकारको उच्च सतर्कता, हेलिकप्टरसहित सबै स्रोत परिचालन हुने आगामी सातादेखि मनसुन प्रतिकार्यमा जुट्नुपर्नेछः प्रमुख कोईराला रास्वपा महाधिवेशनका प्रतिनिधि टुंग्याउने तयारी तीव्र, नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु कानुन निर्माणको प्राथमिकताबारे श्रममन्त्री यादवसँग मन्त्री गौतमको छलफल सभामुख अर्यालसँग संयुक्त अरब इमिरेट्सका राजदूतको शिष्टाचार भेट विद्युत् परियोजनामा पारदर्शिता बढाउन सूचनापाटी राख्न ऊर्जा मन्त्रीको सुझाव निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे अधिकार सम्पन्न यातायात प्राधिकरण गठन नभएसम्म सुधार सम्भव छैन ई–पासपोर्ट खरिद प्रकरण: अनुसन्धानको लागि पूर्व परराष्ट्रमन्त्री आरजुलाई पत्र संसदमा शिक्षामन्त्री सस्मित: के के छन् सरकारका प्राथमिकता ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

धर्मनिरपेक्षता र संघीयताको विषयले विवेकशील साझामा विवादः मिश्र र पाण्डेको अध्यक्षतामा छुट्टाछुट्टै बैठक



अ+ अ-

काठमाडौँ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेको अध्यक्षतामा छुट्टाछुट्टै केन्द्रीय समिति बैठक भएका छन् । विवेकशील साझा पार्टी भित्र यतिबेला धर्मनिरपेक्षता र संघीयताको विषयले गर्दा विवाद उत्पन्न भएको छ । धर्मनिरपेक्षता र संघीयताको विषयमा अध्यक्ष मिश्रले जनमतसंग्रह हुनुपर्ने भन्दै दस्तावेज सार्वजनिक गरेपछि सो दलभित्र विवाद चुलिएको छ । 

संयोजक पाण्डेको अध्यक्षमा भएको भर्चुअल बैठकमा पहिलो दिनको बैठक सम्पन्न भएको हो ।  बैठकअघि अध्यक्ष मिश्र र संयोजक पाण्डेबीच सहमति जुटाउने कोसिस केही नेताहरुले गरेको थिए। 
यसैगरी रवीन्द्र मिश्रले भर्चुअल माध्यमबाट जारी रहेको छ । 

गत वर्ष मंसिर २४ गते विवेकशील र साझा पार्टीबीच एकीकरण भएको विवेकशील साझा पार्टी गठन भएको थियो । तर संविधानका मूल विशेषता र गणतन्त्रलाई नै आरोपित गर्ने मिश्रको दस्तावेजले दलभित्र दुई धार देखिएको हो । सो पार्टी भएको दोस्रो विभाजन हुन लागेको हो ।