४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह

माटो जोगाऔं

माटो जोगाऔं
अ+ अ-

अहिलेको पर्यावरण तथा जलवायु परिवर्तनको अवस्था बारे हामी सबैलाई थाहा नै छ ।

विश्वव्यापी रूपमा तापमान बढ्नुका साथै वन्यजन्तुहरू लोप भइरहेका छन्। पानीको हाहाकार उत्तिकै छ । तसर्थ, यतिखेर मानवजातिको लागि सबैभन्दा गम्भीर खतरा भने ‘माटोको विनाश’ हुनु हो।

द्रुत गतिमा माटोको गुणस्तर घट्दै गएकोले जमीनको अन्न उब्जाउने क्षमता निकै खस्किएको छ ।

विश्व खाद्य तथा कृषि सङ्गठनका अनुसार विश्वको ५२५ खेती योग्य माटो नष्ट भइसकेको छ । संयुक्त राष्ट्र सङ्घले भने अनुसार हामीसँग अब केवल ६० वर्षको लागि माटो बचेको छ। एक acre खेती योग्य जमिन एक सेकेन्डमा मरुभूमि बनि रहेकोछ । यसरी माटो नै सखाप हुने अवस्था श्रृजना भईरहेको समयमा माटोलाई विनाश हुनबाट जोगाउनका लागि १०० दिन, ३०,००० किलोमिटर, एकल मोटरसाइकल यात्रामा रहनुभएका योगी एवं दूरदर्शी, सद्गुरुलाई आभार र शुभकामना व्यक्त गर्न चाहन्छु ।

साथै, यस विश्वव्यापी *माटो जोगाऔँ* (Save Soil) अभियानलाई पनि समर्थन गर्न चाहन्छु । यस अभियानको उद्देश्य विश्वभरिबाट ३.५ अर्ब मानिसहरू, विश्वभरिका ६०५ मतदाताहरूको समर्थन जुटाउने, माटोलाई पुनः जीवन्त पार्न र यसको विनाश रोक्नको लागि नीतिगत कार्यहरू शुरु गर्न विश्वभरिका सरकारहरूलाई सघाउने, रहेको छ।

यस अभियानलाई हामीले पनि समर्थन गरी, सोही अनुरुप नितिगत व्यवस्था लागु गर्न सकेमा भावी पुस्ताले माटो विनाश एवम् खाध्यान्न संकट जस्ता भीषण परिस्थितीको सामना गर्नुपर्ने स्थिति हुने थिएन ।

तसर्थ, सोही नितिगत व्यवस्था लागु गर्न नेपाल सरकारको पनि ध्यानाकर्षण गर्न चाहन्छु र यहाँहरु सबैजनालाई यस अभियानलाई समर्थन गरी यसलाई साकार पार्न आह्वान गर्दछु । माटो जोगाऔं ।

नेकपा माओबादी केन्द्रका बरिष्ठ नेता श्रेष्ठको फेसबुकबाट