• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

महङ्गीविरूद्ध एमालेले आज वृहत जनप्रदर्शन गर्दै



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले पछिल्लो समय बढेको चर्को महंगीविरुद्ध जनप्रदर्शन गर्ने भएको छ । एमालेले महंगीविरुद्ध काठमाडौंको बसन्तपुरमा आज सोमबार दिउँसो दुई बजे जनप्रदर्शन गर्ने भएको हो ।

जसका लागि एमालेले आफ्ना सबै जनसंगठनहरूलाई तयारीमा जुट्न निर्देशन दिइसकेको छ । प्रदर्शनलाई प्रभावकारी बनाउन आवश्यक सबै तयारीमा जुट्न र प्रचारको कामलाई प्रभावकारी बनाउन यसअघि नै निर्देशन दिइएको हो ।

जनप्रदर्शनमा सबै जनसंगठनहरू आ–आफ्ना व्यानर र झण्डासहित बसन्तपुरमा उपस्थित हुन निर्देशन गरिएको छ । पार्टीका स्थायी कमिटी सदस्य तथा सांसद कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा जनप्रदर्शन तयारी कमिटी बनाइएको छ ।

राजधानीको वसन्तपुरबाट शुरू हुने र्‍यालीमा उपत्यका विशेष प्रदेश कमिटी, पार्टीका केन्द्रीय विभागहरू, सांसदहरू, उपत्यकामा पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू, सम्पर्क मञ्चहरू र जनसहभागिता गराउने निर्णय भएको पार्टीका कार्यालय सचिव डा.भीष्म अधिकारीले जानकारी दिए ।