१ मंसिर २०८१, शनिबार
,
Latest
सूर्याेदय हेर्ने एक उत्कृष्ट गन्तव्य अन्तुडाँडा (फोटो फिचर) मन्त्रीलाई घुस दिएर लाइसेन्स लिएको आरोपमा हिमालयन टाइगर इन्भेष्टमेन्ट ग्रुपको आपत्ति डिजेल र मट्टितेलको मूल्य बढ्यो प्रधानमन्त्रीको चीन भ्रमणः मंसिर १७ मा जाने, १८ मा राष्ट्रपतिसँग भेटवार्ता, २० मा फर्किने प्रधानमन्त्रीको चीन भ्रमणका लागि गृहकार्य भइरहेको छः परराष्ट्रमन्त्री डा राणा कोप–२९ सम्मेलन: नेपालद्वारा सात विषयगत समूह बनाई कार्यक्रममा सहभागी ऊर्जामन्त्री खड्का र नेपालका लागि जर्मनीका राजदूतबीच शिष्टाचार भेट उपनिर्वाचनका लागि ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना नेपाली यु–१९ महिला क्रिकेट टोलीलाई एनपीएलका टोलीले १० लाख दिने मिस म्यानेजमेण्ट नहुने गरी काम गर्न नेपाल बैंक व्यवस्थापनलाई गभर्नर अधिकारीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सरकारले फेरी संसद विघटन गर्छ, पुनः ताजा जनादेशमा जान्छ’



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को युवा संगठन राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले वर्तमान सत्ता गठबन्धन दलहरुकै कारण मुलुक चाडैँ निर्वाचनमा जाने बताउनुभएको छ । बिहीबार राष्ट्रिय युवा संघ नेपालको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पौडेलले सत्तारुढ गठबन्धनकै कारण मुलुक चाडैँ निर्वाचनमा जाने बताउनुभएको हो । 

गठबन्धनभित्रको विभिन्न स्वार्थ समूहका कारण देशको गतिरोधलाई अन्त्य गर्नका निम्ति निर्वाचनको विकल्प नभएको प्रमाणित हुँदै गरेको भन्दै उहाँले अबको विकल्प ताजा जनादेश नै भएको बताउनुभयो । उहाँले वर्तमान सत्तारुढ गठबन्धन अस्वभाविक र अप्राकृतिक भएकाले धेरै नटिक्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो – ‘अब फेरी अहिलेको सत्तारुढ गठबन्धनभित्रका विभिन्न किसिमका स्वार्थ समुहहरुले अब त्यो किसिमको परिस्थिति जुन निकाल्दैछन्, मुलुक फेरी एकपटक छिट्टै यो गतिरोधलाई अन्त्य गर्नको निम्ति फेरी संसद विघटन गर्ने र पुनः ताजा जनादेशमा जानुको कुनै विकल्प देखिदैन भन्नेकुरा फेरी प्रमाणित हुदैँछ ।

हिजो केपी शर्मा ओलीले त्यो कदम चलिरहँदा त्यसलाई गलत भनेर व्याख्या गर्नेहरु, अब ओलीले चालेका कदमहरु राष्ट्रिय आवश्यकता रहेछ भन्ने कुरा आम जनताले महशुस हुनेगरी मुलुकको राष्ट्रिय राजनीति अब त्यो तर्फ जाने हामीले अनुमान पनि गरिरहेका छौँ र जानुपर्छ । र त्यो ताजा जनादेश नै अबको एकमात्र विकल्प हो भन्ने हाम्रो संगठनको ठम्याई छ । अस्वभाविक र अप्राकृतिक जुन गठबन्धन थियो । यो गठबन्धन पनि धेरै टिक्नेवाला छैन । मुलुक पुनः निर्वाचनको बाटोतर्फ अघि बढ्नेछ ।’

अध्यक्ष पौडेलले केपी शर्मा ओली नेतृत्वको सरकारले दुई खर्ब भन्दा बढी रकम युवाहरुको उद्यमशीलता र स्वरोजगारका लागि छुट्याएको भएपनि राज्यका निकायले पारदर्शी रुपमा युवाहरुमाझ वितरण नगरेको बताउनुभयो । ओली नेतृत्वको सरकारले दिलाएको युवामैत्री कार्यक्रमको सबैले लाभ लिनु पाउनुपर्ने उहाँले माग गर्नुभयो । उहाँले रकमको पारदर्शिता हुनुपर्नेमा जोड दिनुभयो ।