८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने

ओशो तपोवनप्रतिको आकर्षण

ओशो तपोवनप्रतिको आकर्षण
अ+ अ-

तराईमा क्रियाशील जनमत पार्टीका अध्यक्ष सिके राउत ओशो सन्न्यासी बनेका छन् । ओशो तपोवनमा ९ दिनसम्म ध्यानमा बसेपछि बुधबार काठमाडौँमा स्वामी आनन्द अरुणबाट दीक्षा लिएर उनी ओशो सन्न्यासी बनेका हुन् । सन्न्यासपछि राउतले नयाँ नाम पाए– ‘आनन्द मैत्रय’ ।

कुनै बेला नेपालको तराई भागलाई भिन्ने मुलुक बनाउनुपर्छ भनेर हिंसात्मक आन्दोलन गर्नुपर्छ भन्ने राउत एकाएक ओशो तपोवनमा गएर नौ दिनसम्म साधनामा रही सन्न्यास ग्रहण गरेका हुन् ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ शुक्रबारदेखि ध्यानमा छन् । प्राधिकरणका अन्य पदाधिकारीको टोली लिएर उनी ओशो तपोवनमा ध्यान साधनामा सहभागी भएका हुन्।

केही अघि गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्ट पनि तपोवनमा पुगेर ध्यानमा सहभागी भएको समाचार आएको थियो । ४४ वर्षको उमेर टेकेपछि आफूले आफैंलाई चिन्न, आफैंलाई बुझ्न र आफ्नो मार्ग पहिल्याउन तपोवन गएका उनी अन्तर्मनलाई चिनेपछि स्वामी आनन्द देव बने ।

अहिलेसम्म हरेकजसो राजनीतिक दलका नेता, बुद्धिजीवी, कलाकार, व्यापारिक वर्ग ओशो तपोवनमा पुगेर ध्यानमा बसेका छन् । आखिर किन ओशो दर्शनप्रति यति धेरै आकर्षण छ त रु सन्न्यास धारण गरेपछि सबै कुरा त्याग्नुपर्छ त ?

तपोवनकी सदस्य एवं पूर्व अभिनेत्री सोभिता सिम्खडाका अनुसार ओशो दर्शनले आफूभित्रको ‘इगो’ छाड्ने तर अहिले गरिरहेको काम छाड्नु नपर्ने बताउँछ । सन्न्यास धारण गर्दैमा कसैले पनि गरिरहेको राजनीति, बन्द व्यवसाय वा नोकरी छाड्नु पर्दैन । ओशो दर्शनमा सन्न्यासको अर्थ आफू भित्रैबाट जाग्ने, बुद्धत्व र अध्यात्मको खोज गर्ने, बाहिर जस्तो काममा लागिरहेको छ त्यसलाई अझ परिष्कृत गरेर लैजाने हो । वर्तमान आफूले गरिरहेको काम छोड्ने सन्न्यास होइन्, इगो छोड्नु नै सन्न्यास हो ।

सन्न्यास लिनु भनेको सबै काम र परिवार छाडेर वैरागिने नभई जीवनको आनन्द लिने तरिका हो भनिन्छ । त्यसैले राजनीतिकर्मी र अन्य पेशागत, व्यवसायमा लागेका व्यक्तित्वहरु जीवनको उत्तरार्धतिर अध्यात्मको खोज र आफूले आफैँलाई चिन्न ध्यान साधनामा लाग्न थालेको हुनुपर्छ । ओशो दर्शनले नै ध्यान साधनामा लाग्ने सबैभन्दा सरल र सहज विधि अपनाउँछ भनिन्छ । त्यसैले पनि जीवन दर्शन बुझ्न राजनीतिकर्मी तथा अन्य विद्वतवर्गको ओशो तपोवनप्रति आकर्षण बढेको हुनुपर्छ ।