१३ भाद्र २०८३, शनिबार
,
Latest
भाद्र कृष्ण प्रतिपदा: गाईजात्रा पर्व मनाइँदै भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित



file photo
अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को दिउँसो तीन बजेका लाागि तय भएको स्थायी समितिको बैठक स्थगित भएको छ।

संसद बैठक र अर्थमन्त्रीको शपथका कारण बैठक स्थगित भएको माओवादी केन्द्रको केन्द्रीय कार्यालयले जनाएको छ ।

यद्यपि, अर्को बैठकको समय भने तोकिएको छैन । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान भ्रमणबाट फर्किएपछि बैठक बस्ने माओवादीको तयारी छ ।

यसअघि दुई पटक बसिसकेको स्थायी समिति बैठकबाट पोलिटब्युरो र स्थायी समितिलाई पूर्णता दिने, केन्द्रीय विभाग गठन गर्नेलगायतका एजेन्डामा छलफल भए पनि कुनै निर्णय भने हुन सकेको थिएन । आजको बैठकबाट ती सबै एजेन्डामा निर्णय गर्ने माओवादीको तयारी थियो ।