४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्कुल बसमा ट्राफिकले बढायो निगरानी



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकामा चल्ने स्कुल बसहरूमा ट्राफिक जाँच तीब्ररुपमा बढाइएको छ । आज बिहान विभिन्न स्थानमा चेकजाँचको क्रममा ५ जना चालकहरूले मादक पदार्थ सेवन गरेर बस चलाएको भेटिएको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

उपत्यकाको विभिन्न स्थानमा अन्य ११ वटा बसहरू पनि कारबाहीमा परेका छन् । साउन पहिलो सातादेखि स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लंघन गर्ने विभिन्न स्कुलका सवारी साधनहरूलाई कारबाही तथा सचेत गराउने अभियान अन्तर्गत निगरानी बढाइएको हो ।

अघिल्लो आइतबार पनि केही चालकहरु मापसेमा परेका थिए । स्कूल बसकै चालक बिहानै मापसे गरेर सवारी चलाउने गरेको सूचना आएपछि ट्राफिक प्रहरीले अभियान चलाएको हो ।