६ बैशाख २०८२, शनिबार
April 19, 2025 Saturday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 20.36

Wind: 1.54

Humidity: 77

Latest
धनगढीलाई हराउँदै १० खेलाडीमा समेटिएको ललितपुर एनएसएलको फाइनलमा प्रवेश चिकित्सकलाई निःशर्त काममा फर्कने वातावरण सुनिश्चितता गर्नुपर्ने माग मुस्ताङ घट्टेखोलामा चौँरी मेला आठौँ अन्तरराष्ट्रिय आमन्त्रित मेयरकप भोजपुर गोल्डकप हुँदै विद्यमान व्यवस्था र संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउने विषयमा तीन शीर्ष नेताको परामर्श सकरात्मक सोच र सत्मार्गमा लायन्स वीरगञ्ज महानगरद्वारा डुबान रोक्न नाला सफाइ घाँसीकुवा संरक्षण गर्न ‘विकास प्रतिष्ठान’ गठन परराष्ट्रमन्त्री डा राणा बैंकक जाँदै, युएनस्केपको अध्यक्षता गर्ने धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैन: अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनले घाटा भयो- माधव नेपाल



अ+ अ-

डोटी । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आफ्नो पार्टीले सबै क्षेत्रबाट उम्मेदवारी दिने बताउनुभएको छ ।

एकीकृत समाजवादी डोटीले आयोजना गरेको कार्यकर्ता भेलामा उहाँले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर उम्मेदवारी दिँदा पार्टीलाई घाटा लागेको बताउनुभयो । “गठबन्धनको गीतमात्रै गाउँदा स्थानीय तहमा पार्टीले अपेक्षा गरेअनुसारको परिणाम आएन”, उहाँले भन्नुभयो, “त्यतिबेला आफ्नै बलले निर्वाचनमा होमिएका भए १०० भन्दा बढी पालिकामा जित हुने थियो ।” पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले सत्ता गठबन्धनमा स्थानीय निर्वाचनको समयमा जालझेल भएको र गठबन्धनका अन्य दलहरुमा इमानदारी नदेखिएको बताउनुभयो ।

उहाँले अब संघ र प्रदेशको निर्वाचनमा पार्टीले राम्रो नतिजा देखाउनुपर्ने बेला आएको बताउनुभयो । स्थानीय निर्वाचनबाटै सबै बफादार नभएसम्म गठबन्धन भनेर मात्र नहुने रहेछ भन्दै अध्यक्ष नेपालले भन्नुभयो, “स्थानीय निर्वाचनमा त्यस्तो बफादारिता देखिएन, अब हामी आफ्नै खुट्टामा उभिनुपर्छ, अब सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिनुपर्छ ।”

उहाँले आगामी निर्वाचनअघि कुनै पनि पार्टीसँग एकता नहुने तर चुनावी मोर्चा भने बनाउन सकिने प्रष्ट पार्नुभयो । पार्टी एकताका लागि गृहकार्य भने भइरहेको उहाँको भनाइ थियो । वर्तमान सत्ता गठबन्धनलाई निर्वाचनसम्म कायमै राख्नुपर्छ भन्दै उहाँले विचार र मान्यताबाट सिर्जना भएको गठबन्धनको औचित्य समाप्त भइनसकेको बताउनुभयो ।