• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo
Latest
★   जुम्लाको छुमचौरमा कालीमार्सी धान रोपाइँ ★   सहकारी प्रकरणबारे संसदीय छानबिन समिति बनाउनुपर्ने लोसपाको माग ★   भीमबहादुरले पारालिम्पक छनोट खेल्ने ★   जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन ★   कार्यव्यवस्था बैठक बस्न सकेन, प्रतिनिधिसभा बैठक प्रभावित ★   गृहमन्त्रीमाथि संसदीय छानबिन समिति नबनेसम्म दुवै सदनको बैठक अघि बढ्न सक्दैन: नेता सिटौला ★   काठमाडौँ महानगरपालिका–१६ को नवनिर्मित भवन उद्घाटन ★   नेपालमा कुस्ती: चुनौतीबीच संस्कृतिको संरक्षण ★   दिल्लीका मुख्यमन्त्री केजरीवालले जुन १ सम्म अन्तरिम जमानत पाए, चुनाव प्रचार गर्न सक्ने ★   भेरीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु

साफ यू–२० च्याम्पियनसिपः बलियो टोली भारतसँग भिड्दै नेपाल



काठमाडौं । साफ यू–२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज आइतबार बलियो घरेलु टोली भारतको सामना गर्दैछ ।

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपालले तेस्रो खेलमा साविक विजेता भारतसँग खेल्न लागेको हो । नेपाल र भारतबीचको खेल बेलुका ७ः१५ बजे सुरु हुनेछ । नेपाल लगातार तेस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४–० तथा दोस्रो खेलमा श्रीलंकालाई ३–० गोल अन्तरले हराएको थियो ।

नेपाल २ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । यदि भारतलाई हराएमा नेपाल शीर्ष स्थानमा उक्लनेछ । भारत पनि नेपाललाई हराएर दोस्रो जित निकाल्न चाहन्छ । भारत २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । फाइनलमा स्थान बनाउनका लागि भारतलाई नेपालविरुद्ध जित निकाल्नुपर्ने दबाब छ ।

च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै श्रीलंका, बंगलादेश र माल्दिभ्सको सहभागिता रहेको छ ।

च्याम्पियनसिपमा सिंगल राउण्ड रोविनका आधारमा खेल हुनेछ र शीर्ष दुई टिमले फाइनल खेल्ने छन् । नेपालले अन्तिम खेल मंगलबार बंगलादेशसँग खेल्नेछ ।