२९ चैत्र २०८१, शुक्रबार
April 11, 2025 Friday

22.27°C

काठमाडौं

22.27°C

Kathmandu

Feels-like: 22.01

Wind: 4.12

Humidity: 56

Latest
रविलाई कारागार पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा रिट दर्ता समृद्ध नेपाल निर्माण र राजनीतिक स्थायित्व कायम गर्ने बाहेक अरु विकल्प छैनः अध्यक्ष दाहाल दुर्गा प्रसाईंलाई सरकारी वकिलको कार्यालय लगियो आईपीएल आजः धोनीको कप्तानीमा चेन्नईले कोलकातासँग भिड्दै एउटै अभिनेताको दुई चलचित्र एकसाथ प्रदर्शनमा आन्दोलनले अड्किएको एम्बुलेन्स–तस्बिरहरु नेपाली श्रम बजारमा विदेशीहरु रोजगारीका निम्ति आउने परिस्थिति निर्माण गर्ने मिसनमा छौँः अर्थमन्त्री दुर्गा प्रसाईंलाई विमानस्थलबाट सिधै प्रहरी परिसर लगियो जैविक मल उत्पादन गर्दै ठोट्नेखोला सामुदायिक वन एमालेको सरकार बनेपछि देश स्थिरताको बाटोमा अघि बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेथिति विरुद्ध राप्रपा सडकमा ,एकैदिन १६५ निर्वाचन क्षेत्रमा प्रदर्शन र कोणसभा



अ+ अ-

काठमाडौं । राप्रपाले आज देशका सबै निर्वाचन क्षेत्रमा साना ठूला प्रदर्शन र सभाहरु सम्पन्न गरेको छ । गत असार १ गते विभिन्न २२ सुत्रीय माग राखी प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको राप्रपाले आफ्ना मागहरू पूरा गराउन निरन्तर दबाबमूलक कार्यक्रम गर्दै आएको छ ।

असार १३ देखि ३१ गतेसम्म पहिलो चरणको संघर्षको कार्यक्रम गरेको राप्रपा अहिले दोश्रो चरणको आन्दोलनमा होमिएको छ । दोश्रो चरणको दोश्रो कार्यक्रमको रुपमा आज देशका सबै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कोणसभा गरिएको हो ।

राप्रपाले किसानलाई रासायनिक मलको सहज आपूर्ति गरिनुपर्ने, खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि नियन्त्रण हुनुपर्ने, दैनिक उपभोग्य खाद्यवस्तुको अनियन्त्रित महंगीको अनुगमन र नियन्त्रण हुनुपर्ने, कालोबजारी नियन्त्रण हुनुपर्ने, महारोगको रुपमा फैलिएको भ्रष्टाचार नियन्त्रण हुनुपर्ने, ०४७ पछिका उच्च पदस्थको सम्पत्ति छानबिन हुनुपर्ने, बेरोजगारी समस्या समाधान गरिनुपर्ने, रोजगार सिर्जनाका लागि अल्पकालीन र दीर्घकालीन रणनीति बनाउनुपर्ने लगायत जनजीविकासंग सम्बन्धित विविध माग राखेको छ ।

यसको अलावा राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, संघीयताको खारेजी, राष्ट्रप्रमुखको रुपमा राजा र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था, विदेशमा रहेका नेपाली नागरिकलाई आगामी निर्वाचन मै मतदान गर्न पाउनुपर्ने व्यवस्था, प्रदेश र संघको निर्वाचनलाई धाँधलीरहित बनाउन निश्पक्ष चुनावी सरकारको गठन लगायतका विभिन्न २२ बुँदे माग राख्दै राप्रपाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो ।

राप्रपाले पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङको नेतृत्वमा आन्दोलन परिचालन समिति गठन गरेर देशव्यापी आन्दोलन गरिरहेको छ । राप्रपाले आगामी साउन १८ गते सबै जिल्लामा भ्रष्टाचार नियन्त्रणको मुद्दालाई प्रखर रुपमा उठाउने भएको छ, यसका लागि पार्टीका सबै भातृ संगठनले कालोपट्टी बाँधेर वा कालो पोशाक लगाएर सडकमा प्रदर्शन र कोणसभा गर्ने भएको छ ।