७ फाल्गुन २०८१, बुधबार
February 19, 2025 Wednesday
Latest
फागुन ७ हामी नेपालीको जीवनमा सर्वाधिक महत्वपूर्ण दिन : प्रधानमन्त्री ओली लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्ध रहन प्रजातन्त्र दिवसले प्रेरणा दिन्छ : सभामुख घिमिरे संविधानको रक्षा, पालना र कार्यान्वयन अहिलेको प्राथमिकताः अध्यक्ष दाहाल यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फागुन ७ गते नेपाल र नेपालीको लागि एउटा कोशेढुङ्गा: पूर्वराष्ट्रपति भण्डारी जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत : राष्ट्रपति पौडेल बायर्न च्याम्पियन्स लिगको अन्तिम १६ मा, मिलान बाहिरियो प्राप्त उपलब्धिलाई अक्षुण राख्नु आजको आवश्यकता : उपराष्ट्रपति यादव यस्तो छ आजको मौसम पूर्वानुमान मुलुकभर आज प्रजातन्त्र दिवस मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय विशेष समितिको प्रतिवेदनलाई मान्न सकिँदैन – ओली



file
अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानवीन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन मान्न नसकिने बताउनु भएको छ । समितिको सो प्रतिवेदन सत्य नभएको र तथ्यमा आधारित पनि नरहेकाले त्यसलाई मान्न नसकिने पूर्वप्रधानमन्त्री समेत रहनु भएका ओलीको भनाई छ ।

राष्ट्रिय युवा संघ, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सत्तारुढ गठबन्धनकै बहुमतले तयार पारेर ल्याइएको सो प्रतिवेदनलाई नेपाली जनताले पनि अस्विकार गर्नुपर्ने तर्क गर्नु भयो । अध्यक्ष ओलीले आफ्नो पार्टीलाई सो प्रतिवेदन मान्य नहुने र जे सत्य हो, त्यसैमा अडिएर अघि बढने आफ्नो पार्टीको अडान रहेको समेत स्पष्ट पार्नु भयो । समितिमा ११ जनामध्ये ७ जना आफ्नो राख्ने र अनि हुन्छ र हुन्न भनेको आधारमा सो प्रतिवेदन आएको भन्दै उहाँले आक्रोश समेत व्यक्त गर्नु भयो ।

अध्यक्ष ओलीले भन्नु भयो, ‘इन्टरनेशनल छानवीन गरौं । यो देश विरुद्धको अपराध हो । देशको अर्थतन्त्र माथिको गम्भिर अपराध हो । जनताले राजस्व तिर्नुपर्छ । उद्योग, व्यवसाय यहाँ चलाउनुपर्नेछ । व्यवसायीको घाटी निमोठिएको छ । केही औद्योगिक घराना पोस्नका लागि देशको उद्योग र अर्थतन्त्रलाई जानीजानी धराशायी पार्ने अपराध गरिएको छ । मामुली कुरा हो यो ? आईन्दा सच्याउला भन्ने कुरासम्म पनि छैन ।

यो विषयलाई गम्भिरताका साथ लिईएन । गल्ती भयो भन्ने सम्म पनि छैन । अनि गल्ती नै भएको छैन ? प्रमाणित भएन रे । ७ जनाले प्रमाणित हुनै दिएन, मानेन । अनि ७ जना आफू राखेर बहुमत र अल्पमतको फैसला । त्यो त पार्लियामेन्टमै हुन्छ/हुन्न ? गरेको भए भईहाल्थ्यो नि । गठबन्धनसँग हाल बहुमत छदैछ । त्यहाँ पनि हुन्छ÷हुन्न भनेर निर्णय गर्ने भएपछि । सत्य होइन, हुन्छ र हुन्नको आधारमा ११ जनाको समिति बनाउने । सात जना आफ्ना राखेर अनि हुन्छ÷हुन्न भनेर ल्याउने रिर्पोट ? यो कुनै रिर्पोट होईन । तथ्यमा आधारित रिर्पोट होइन । त्यसकारण त्यसलाई मान्न सक्ने कुरा हुँदैन । नेपाली जनताले त्यसलाई अस्विकार गर्नु पर्दछ । र, हामी फरक ढंगले यसलाई जे सत्य हो, त्यो सत्यमा अडिएर हामी अघि बढनेछौं ।’

अध्यक्ष ओलीले सत्तारुढ दलहरुले देशलाई बर्बादीको दिशातिर धकेलेको उल्लेख गर्दै त्यसलाई जोगाउन पनि आगामी निर्वाचनमा एमालेले शान्दार बहुमत ल्याएर सरकार बनाउनुपर्ने जिकीर समेत गर्नु भयो । देशलाई बचाउन, जोगाउन र अघि बढाउन एमालेले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा शान्दार बहुमत ल्याएर सरकार बनाउनुपर्ने अवस्था आएको भन्दै उहाँले त्यसका लागि खट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनु भयो ।

अध्यक्ष ओलीले भन्नु भयो, ‘सत्तारुढ दलका नेताहरुले स्वार्थका लागि काम गरेपछि देश बर्बाद हुन्छ नै । यसबाट देशलाई जोगाउने उपाय भनेको हामीले आगामी निर्वाचनमा शान्दार बहुमत ल्याएर सरकार बनाउनु नै हो । जसबाट मात्रै देश बन्न सक्छ । एमालेलाई सरकारमा जानु परेको होइन । तर एमालेलाई सरकारमा नपुगी नहुने, बहुमत नभई नहुने किन भयो भने–यो देशलाई बचाउनु छ, जोगाउनु छ । यसलाई अगाडि बढाउनु छ । त्यसकारण नेकपा (एमाले) सरकारमा पुग्नु प¥यो । बहुमत आउनु प¥यो । यसका निम्ति खट्न म साथीहरुलाई आग्रह गर्न चाहन्छु ।’

ओलीले एमाले सरकारमा नपुगी मुलुक अघि बढन नसक्ने पटकपटक दोहो¥याउनु भयो । त्यस अवसरमा उहाँले जथाभावी न्याय निरुपण नगर्न अदालतलाई पनि सचेत गराउनु भयो ।