१३ भाद्र २०८३, शनिबार
,
Latest
भाद्र कृष्ण प्रतिपदा: गाईजात्रा पर्व मनाइँदै भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसपीपीबारे अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न एमाले उपाध्यक्ष पौडेलको माग



file
अ+ अ-

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एबं सांसद बिष्णु पौडेलले स्टेट पार्टनरसिप प्रोग्राम (एमपीपी)बारे अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न माग गर्नुभएको छ ।

उपाध्यक्ष पौडेलले न्युजपोलारसँग भन्नुभयो ‘यस बिषयमा सरकारले संसदलाई जानकारी गराउनु सकारात्मक भए पनि सार्वभौम संसदले पत्र हेर्न पाउनु पर्छ ।’ उहाँले भन्नुभयो’संसदले त्यो पत्र हेर्न पाउनु पर्छ नत्र सरकार अर्को कुनै मौका कुरेर पनि संम्झौतालाई अगाडी बढाउने प्रयास गर्न सक्छ ।’

उहाँले भन्नुभयो ‘एसपीपी संम्झौतालाई अपरादर्शी र षडयन्त्रपूर्बक ढंगबाट अघि बढाउने प्रयास भएको थियो ,प्रमुख प्रतिपक्षदल एमाले र जनस्तरबाट बिरोध भएपछि सरकार बाध्य भएर एक कदम पछाडी हटेको छ तर फेरी मौका कुरेर बसेको जस्तो देखिएको छ ।’

मन्त्रीपरिषद्ले दुई साता अघि नै एसपीपी अस्वीकार गर्ने निर्णय गर्दे अमेरिकालाई पत्र पठाउने निर्णय गरेको थियो । तर पत्र पठाएको कुरा सार्वजनिक भएको थिएन ।

शुक्रबारको प्रतिनिधिसभाको बैठकमा परराष्ट्रमन्त्री डा नारायण खड्काले एसपीपी अस्वीकार गर्ने पत्र अमेरिकालाई पठाएको जानकारी गराउनु भएको थियो ।