११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति

कामनपाका पूर्व मेयर शाक्यद्धारा मानवसेवा आश्रममा भोजनसेवा

कामनपाका पूर्व मेयर शाक्यद्धारा मानवसेवा आश्रममा भोजनसेवा
अ अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख विद्या सुन्दर शाक्यले मानवसेवा आश्रमको नागार्जुन नगरपालिका वडा नं.१, एकलटारमा रहेको शाखामा विहानको भोजनसेवा गराएका छन् ।

नगरप्रमुखको रुपमा रहँदा मानवसेवा आश्रम र काठमाडौं महानगरपालिकाको साझेदारीमा भइरहेको कार्यको स्मरण समेत गर्दै आगामी दिनमा जोश र जाँगर सहितको नयाँ नेतृत्वबाट सडकआश्रित मानवहरुको व्यवस्थापनको लागि मानवसेवा आश्रमसँग साझेदारीको लागि समेत अपिल गरेका छन् ।

कार्यक्रममा बोल्दै शाक्यले वि।स २०७४ सालदेखि काठमाडौं महानगरपालिका र मानवसेवा आश्रमको साझेदारी र उनको कार्यकालमा भएको प्रगतिको बारेमा जानकारी गराएका थिए ।

“मेरो नेतृत्वमा महानगर हुँदा मानवसेवा आश्रमको बारेमा जानकारी पाएपछि सामाखुसीमा रहेको आश्रमको अवलोकन गरेँ । त्यसपछि सडकआश्रित मानवहरुको व्यवस्थापनका लागि मानवसेवा आश्रमसँग साझेदारी गरेर धेरै काम ग¥यौँ ।” शाक्यले भने ।

उनले नयाँ नेतृत्वले मेरो कार्यकालमा भएका राम्रा कार्यक्रमको निरन्तरता र गर्न नसकेका कामहरु हुने अपेक्षा समेत व्यक्त गरे ।

उनको कार्यकालमा मानवसेवा आश्रमले २०७४ सालमा सामाखुसी र बुढानिलकण्ठमा रहेको दुईवटा घरको घरभाडा तिर्ने सम्झौता भएदेखि हालसम्म भाडा तिर्नुपर्ने घरको घरभाडा महानगरपालिकाले नै व्यवस्थापन गर्दै आएको छ ।

साथै काठमाडौं महानगरपालिकामा रहेका वास्तविक सहयोगापेक्षी मानवहरुको उद्धार गरि आश्रमसम्म ल्याउन र अस्पतालसम्म लैजानका लागि महानगरपालिका र आश्रमको संयुक्त लगानीमा उद्धार वाहनको व्यवस्था भएको थियो ।

काठमाडौं महानगरपालिकाले पूर्ण आर्थिक व्यवस्थापन गर्ने गरि आसपासका स्थानीय तहमा जग्गा उपलब्ध गराउन पहल ग¥यो । पहिले बुढानिलकण्ठ नगरपालिका त्यसपछि तारकेश्वर नगरपालिकामा जग्गा उपलब्ध हुन नसक्दा अन्त्यमा नागार्जुन नगरपालिकाले व्वाइट गुम्बामा १६ रोपनी जग्गा उपलब्ध गरायो । त्यसमा शहरी योजना आयोगले इन्जिनियरिङ डिजाइनको कार्य गरि नागार्जुन नगरपालिकाको समन्वयमा भवन निर्माणको कार्य सुरुवात हुँदै छ ।

भवन निर्माणको टेण्डर प्रक्रिया सम्पन्न भई छिट्टै सुरु हुँदै छ । यस भवनको स्वामित्व नागार्जुन नगरपालिकाको रहने गरि भवन मानवसेवा आश्रमले सडकआश्रित मानवहरुको व्यवस्थापनका लागि प्रयोग गर्ने छ ।

उक्त भवन निर्माण गर्नका लागि काठमाडौं महानगरपालिकाले विगत २ बर्षदेखि बजेट विनियोजन गर्दै आइरहेको र त्यसको काजगी प्रक्रिया सम्पन्न नभइसकेकोले निर्माण कार्य हुन सकेको थिएन । यसको लागि सोहि निरन्तरता गर्दै यस आर्थिक बर्षमा काठमाडौं महानगरपालिकाले भवन निर्माण शीर्षकमा रु। ५ करोड विनियोजन गरेको छ ।

नागार्जुन नगरपालिकाले ठेकेदार छनोट गरि कुल अनुमानित लागत १२ करोड रहेको भवनको करिब ८ करोडमा १८ महिना भित्रमा निर्माण सम्पन्न गर्ने गरि सम्झौता गरिसकेको छ ।