७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

कामनपाका पूर्व मेयर शाक्यद्धारा मानवसेवा आश्रममा भोजनसेवा



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख विद्या सुन्दर शाक्यले मानवसेवा आश्रमको नागार्जुन नगरपालिका वडा नं.१, एकलटारमा रहेको शाखामा विहानको भोजनसेवा गराएका छन् ।

नगरप्रमुखको रुपमा रहँदा मानवसेवा आश्रम र काठमाडौं महानगरपालिकाको साझेदारीमा भइरहेको कार्यको स्मरण समेत गर्दै आगामी दिनमा जोश र जाँगर सहितको नयाँ नेतृत्वबाट सडकआश्रित मानवहरुको व्यवस्थापनको लागि मानवसेवा आश्रमसँग साझेदारीको लागि समेत अपिल गरेका छन् ।

कार्यक्रममा बोल्दै शाक्यले वि।स २०७४ सालदेखि काठमाडौं महानगरपालिका र मानवसेवा आश्रमको साझेदारी र उनको कार्यकालमा भएको प्रगतिको बारेमा जानकारी गराएका थिए ।

“मेरो नेतृत्वमा महानगर हुँदा मानवसेवा आश्रमको बारेमा जानकारी पाएपछि सामाखुसीमा रहेको आश्रमको अवलोकन गरेँ । त्यसपछि सडकआश्रित मानवहरुको व्यवस्थापनका लागि मानवसेवा आश्रमसँग साझेदारी गरेर धेरै काम ग¥यौँ ।” शाक्यले भने ।

उनले नयाँ नेतृत्वले मेरो कार्यकालमा भएका राम्रा कार्यक्रमको निरन्तरता र गर्न नसकेका कामहरु हुने अपेक्षा समेत व्यक्त गरे ।

उनको कार्यकालमा मानवसेवा आश्रमले २०७४ सालमा सामाखुसी र बुढानिलकण्ठमा रहेको दुईवटा घरको घरभाडा तिर्ने सम्झौता भएदेखि हालसम्म भाडा तिर्नुपर्ने घरको घरभाडा महानगरपालिकाले नै व्यवस्थापन गर्दै आएको छ ।

साथै काठमाडौं महानगरपालिकामा रहेका वास्तविक सहयोगापेक्षी मानवहरुको उद्धार गरि आश्रमसम्म ल्याउन र अस्पतालसम्म लैजानका लागि महानगरपालिका र आश्रमको संयुक्त लगानीमा उद्धार वाहनको व्यवस्था भएको थियो ।

काठमाडौं महानगरपालिकाले पूर्ण आर्थिक व्यवस्थापन गर्ने गरि आसपासका स्थानीय तहमा जग्गा उपलब्ध गराउन पहल ग¥यो । पहिले बुढानिलकण्ठ नगरपालिका त्यसपछि तारकेश्वर नगरपालिकामा जग्गा उपलब्ध हुन नसक्दा अन्त्यमा नागार्जुन नगरपालिकाले व्वाइट गुम्बामा १६ रोपनी जग्गा उपलब्ध गरायो । त्यसमा शहरी योजना आयोगले इन्जिनियरिङ डिजाइनको कार्य गरि नागार्जुन नगरपालिकाको समन्वयमा भवन निर्माणको कार्य सुरुवात हुँदै छ ।

भवन निर्माणको टेण्डर प्रक्रिया सम्पन्न भई छिट्टै सुरु हुँदै छ । यस भवनको स्वामित्व नागार्जुन नगरपालिकाको रहने गरि भवन मानवसेवा आश्रमले सडकआश्रित मानवहरुको व्यवस्थापनका लागि प्रयोग गर्ने छ ।

उक्त भवन निर्माण गर्नका लागि काठमाडौं महानगरपालिकाले विगत २ बर्षदेखि बजेट विनियोजन गर्दै आइरहेको र त्यसको काजगी प्रक्रिया सम्पन्न नभइसकेकोले निर्माण कार्य हुन सकेको थिएन । यसको लागि सोहि निरन्तरता गर्दै यस आर्थिक बर्षमा काठमाडौं महानगरपालिकाले भवन निर्माण शीर्षकमा रु। ५ करोड विनियोजन गरेको छ ।

नागार्जुन नगरपालिकाले ठेकेदार छनोट गरि कुल अनुमानित लागत १२ करोड रहेको भवनको करिब ८ करोडमा १८ महिना भित्रमा निर्माण सम्पन्न गर्ने गरि सम्झौता गरिसकेको छ ।