• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

तस्वीरमा बंगलादेशका बिभिन्न स्थान-फोटो फिचर



बङ्गलादेशको राष्ट्रिय सहिद स्मारक सन् १९७१ मा बङ्गलादेशको स्वतन्त्रताका लागि युद्धमा मरेकाहरूको सम्झनामा स्थापना स्मारक । यो स्मारक पश्चिममा पर्ने सावरमा अवस्थित छ ।

बंगलादेश । नेपालको पर्यटन प्रवद्र्धमा गर्ने उद्देश्यले राष्ट्रिय फोटो पत्रकार समूह गएको साता फोटो प्रदर्शनी गर्न बङ्लादेशको राजधानी ढाका पुगेको थिए।

ढाकामा फोटो प्रदर्शनीमार्फत ‘नेपाल घुम्न जाउँ’ भनी सन्देश प्रवाह गर्न पुगेका फोटो पत्रकारहरुले बंगलादेशको बिभिन्न भागको तस्वीर खिचेका छन् ।

उक्त समुहका अध्यक्ष तथा राससका फोटो पत्रकार प्रदीपराज वन्तले बंगलादेशका बिभिन्न भागमा पुगेर क्यामरामा कैद गरेका तस्वीरहरु आजको फोटो फिचरमा-

बङ्गलादेशको ढाकामा रहेको बुडीगङ्गा सागर क्षेत्रमा पार्किङ् गरी राखिएको जहाज । सो जहाजहरु रातको समयमा एक ठाउँबाट अर्को ठाउँमा जानका लागि मानिसले यातायातको रुपमा प्रयोग गर्छन्।

बङ्गलादेशको ढाकामा सहरमा जाममा रहेका रिक्सा । बङ्गलादेशमा यातायातको सहजीकरणका लागि प्रायः रिक्साको बढी प्रयोग गरिन्छ ।

बंगलादेशको ढाकाको मुख्य सहरको सडक छेउमा पुरानो पैसा सटहीको लागि ग्राहक कुर्दै व्यापारीहरु उक्त ठाउमा पुरानो पैसा साटेमा सयको असि टाक्का सम्म दिने गर्दछन ।

बङगलादेशको ढाका सहरस्थित सडक छेउमा पुस्तक पढदै गरेका एक बालक ।

अहसन मन्जिल ढाकाको नवाबको पूर्व सरकारी आवासीय दरबार र सीट हो । यो भवन बङ्गलादेशको ढाकास्थित बुरीगंगा नदीको किनारमा रहेको कुमारटोलीमा अवस्थित छ ।