११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति

छानबिन समितिको निस्कर्ष वास्तविकता आएन, प्रतिवेदन अपूर्णः प्रदीपकुमार ज्ञवाली

छानबिन समितिको निस्कर्ष वास्तविकता आएन, प्रतिवेदन अपूर्णः प्रदीपकुमार ज्ञवाली
file photo
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेका उपमहासचिव तथा संसदीय छानबिन समिति सदस्य प्रदीपकुमार ज्ञवालीले छानबिन समितिले संसदमा बुझाएको प्रतिवेदन अपूर्ण रहेको बताउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभाको बैठकपछि संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग बोल्दै ज्ञवाललीले यस्तो बताउनुभएको हो । उहाँले सत्ता पक्षका सांसदहरु समितिले करका दर हेरफेर गर्न अनाधिकृत व्यक्ति प्रवेशबारे अध्ययन अनुसन्धान गर्ने सबै टुलर्स प्रयोग गर्न सहमित नभएको बताउनु भयो ।

ज्ञवालीले छानबिनको लागि अर्थमन्त्रालयले बजेट निर्माणको अन्तिम दिन करका दर हेरफेर गर्ने बस्ने कर्मचारीको नामसमेत उपलब्ध नगराएको बताउनु भयो । उहाँले वास्तविक प्रमाणहरु जुटाएर यथार्थ प्रतिवेदन ल्याउने योजना भएपनि सत्तापक्षका सांसदहरु एक मत नहुँदा वास्तविक प्रतिवेदन आउन नसकेको बताउनु भयो । सदस्य ज्ञवालीले सत्तापक्षका सांसहरु पार्टीको आग्रहमा सत्यतथ्य प्रमाण संकलन गर्ने टुलर्सहरु प्रयोग गर्ने विषयमा एकमत नभएको बताउनु भयो । उहाँले अर्थ मन्त्रालय जस्तो स्थानमा सिसिटिभी फुटेज सुरक्षित नहुनुमा प्रशासनिक र राजनितीक नेतृत्व नै चुकेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो,‘ समितिको निस्कर्ष वास्तविकता आएन । किनकी वास्तविकतामा प्रवेश गर्ने प्रमाणहरुको संकलन सबै भन्दा महत्वपूर्ण कुरा हो । समितिले तथ्यहरु संकलन गर्ने क्रममा सदस्यहरु एक रायमा पुग्न सकेनौं । त्यसले गर्दा अनाधाकृत भनिएका व्यक्तिहरुको कल डिटेल लिने,मोबाइल लोकेसन पत्ता लगाउने कुरा, अर्थ मन्त्रालयमा त्यो दिन रहेका कर्मचारीको नाम लिएर सबैसँग बयान लिने कुराहरु समिति एक स्थानमा उभिन सकेन । सत्ता पक्षमा सांसदहरु त्यो विषयमा प्रवेशै गर्न चाहनुभएन । त्यसले अनुसन्धान नै अधुरो भयो । अनुसन्धान गर्न सकिने सबै खालका टुलर्सहरु खोज्नु पर्ने थियो ।

सबै टुलर्सहरु प्रयोग हुन नसकेपछि अनुसन्धान अधुरो रह्यो । त्यसले पतिवेदनको निस्कर्ष अधुरो रह्यो । समितिले करका दर हेरफेर गर्ने अनाधाकृत व्यक्ति प्रवेश गर्नेकुरा कुनै एउटा दल विशेष वा व्यक्ति विशेष भन्दा पनि समग्र प्रणालीको प्रश्न थियो । त्यसलाई समितिले त्यही गहिराइका साथ सोच्नुपर्ने थियो ।

समिति तथ्यमा उभिनुपर्ने थियो । दलको आग्रहमा होइन । अनुसन्धानका सबै टुलर्स पयोग गरिएको भए निस्कर्षमा पुग्नसक्ने थियौं । होइन भन्नेका लागि समितिले अनुसन्धानका सबै टुलर्सहरु प्रयोग गरौं । समितिको हैसियतको विषयमा समेत विवाद भएर अन्य टुलर्स प्रयोग गर्ने कुरामा जान सकेनौं ।

संसद भन्दा बाहिर ठूलो संसद छ त्यो जनताको संसद हो । यो विषयमा अर्थ मन्त्रालय र राजनीतिक नेतृत्व दुवै चुकेको छ । नियत के थियो उहाँहरु नै जान्नुहोस् । प्रशासनको पारदर्शिता हराएको देखियो । अर्थ मन्त्रालयबाट आजसम्म पनि करका दर हेरफेर गर्ने बस्ने कर्मचारीको नाम समेत उपलब्ध गराएन ।’