१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारमा रहने वा बाहिरिने भन्ने छलफल गर्दै माओवादी नेतृत्व



अ+ अ-

काठमाडौं । एमसीसीको विषयलाई लिएर गठबन्धन टुट्न लागेपछि थप रणनीति बनाउन नेकपा माओवादी केन्द्रका छलफलमा जुटेका छन् । यथास्थितीमा एमसीसीको पक्षमा उभिन नसक्ने अबस्था आएपछि सरकार बाट मात्र बाहिरिने वा सरकारलाई दिएको सथर्मन  कायम रादखै गठबन्धन जोगाउने भन्ने बारेमा छलफल गर्न माओबादी नेताहरु अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा जुटेका हुन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले नेकपा एकिकृत समाजबादी संग पनि छलफल गरेर सयुक्त निर्णय गर्ने नेताहरु लाई जानकारी गराउनु भएको छ । धनगढीमा रहनु भएका एसका अध्यक्ष माधब नेपाल पूर्व निर्धारित कार्यक्रम छाडेर काठमाडौं फर्कनु भएको छ ।

कांग्रेसले गठबन्धन तोडेर भए पनि एमसीसी अनुमोदन गर्ने भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग वार्ता गरिरहेको छ । आज बिहान नेता नेपालले गठबन्धन कायम रहने वा नरहने भन्ने काग्रेसको हातमा रहेकाे बताउनु भएको छ ।