२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्लोबल आइएमई बैंकको ५२औँ एक्सटेन्सन काउन्टर लमजुङको सोतीपसलमा



अ+ अ-

लमजुङ । ग्लोबल आइएमई बैंक लिमिटेडले लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका वडा नं ३, सोतीपसलमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै भोर्लेटार शाखाको मातहतमा रहनेगरी उक्त एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।

“सबैका लागि बैंक” भन्ने नाराका साथ २९ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७७ जिल्लामा २८९ शाखा, २६५ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५२ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८८१ भन्दा बढि सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ ।