११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति

संसदीय छानबिन विशेष समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस

संसदीय छानबिन विशेष समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस
अ अ+ अ-

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ ।

शुक्रवार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन २०७९ समितिका सभापति लक्ष्मणलाल कर्णले पेस गर्नुभएको हो ।

तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका क्रममा जेठ १४ गते राति अनाधिकृत व्यक्तिहरु प्रवेश गराइ करका दर हेरफेर गराएको भन्दै समाचार बाहिरिएपछि प्रतिनिधि सभाले असार २२ गते संसदीय छानबिन विशेष समिति गठन गरेको थियो । समितिले निर्धारित १० दिनमा काम सम्पन्न नगरेपछि साउन ५ गते थप ७ दिन समय थप गरिएको थियो ।

थप समयभित्र समितिले अर्थ मन्त्रालयबाट कागजात मगाइ अध्ययन गरेको तथा सम्बन्धित पदाधिकारीहरुसँग छलफल गरेको सभापति कर्णले जानकारी दिनुभयो । उहाँले नेपाल प्रहरीको डिजिटल फरेन्सिक ल्याबबाट प्राप्त भएको प्रतिवेदन र सिसिटिभिको रिकभर भएका क्लिपसहितका कागजातहरु र प्रमाण विश्लेषण गरी प्रतिवेदन तयारी गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘थप गरिएको समयभित्र समितिले अर्थ मन्त्रालयबाट प्राप्त कागजात, पदाधिकारीहरुसँगको छलफल, नेपाल प्रहरीको डिजिटल फरेन्सिक ल्याबबाट प्राप्त प्रतिवेदन र रिकभर भएका क्लिप लगायत कागजातहरु र प्रमाणका विश्लेषण गरी यो प्रतिवेदन तयार गरिएको छ ।’

छानबिन समितिमा खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल गौतम, प्रदीपकुमार ज्ञवाली, भानुभक्त ढकाल, विमला वि.क., लक्ष्मणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सरलाकुमारी यादव, सिताराम महतो, सुरेन्द्रप्रसाद यादव रहनुभएको थियो । पुष्पा भुसाल गौतम उपसभामुख निर्वाचित भएपछि भने सो ठाउँमा मानबहादुर विश्वकर्मालाई राखिएको थियो ।

समिति सभापति कर्णले समितिको २३ वटा बैठक बसेको बताउनु भयो । प्रतिनिधि सभाको अर्को बैठक साउन १७ गते मंगलवार दिनको १ बजे बस्नेगरी बोलाइएको छ ।

यो पनि पढ्नुहोस्ः संसदीय छानबिन समितिले बुझायो प्रतिवेदन (पूर्णपाठ)